पाँच दशक लामो इतिहास बोकेको नेपाली वृत्तचित्र पछिल्ला वर्षहरूमा देशभित्र मात्रै सीमित नरहेर अन्तर्राष्ट्रिय स्तरसम्म पुगेको छ । युवा पुस्ताको बढ्दो आकर्षण, प्रविधिको सुलभता र बेतारे सञ्जालको बहुउपयोगिताले वृत्तचित्रको यात्राले फड्को मारेको छ । पछिल्ला वर्षहरूमा वृत्तचित्र निर्माणको संख्यात्मक र गुणात्मक ग्राफ मात्रै उकालो लागेको छैन, यसका दर्शकहरू पनि बढेका छन् ।
सुदूरपश्चिमको छाउपडी प्रथा होस् वा मधेसमा विद्यमान दहेज प्रथा, सबै कुरीतिका कथाहरू नेपाली वृत्तचित्रमा समेटिन थालेका छन् । उपल्लो कणर्ालीमा विद्यमान बहुपति प्रथादेखि मुस्ताङका मान्छेका कथासमेतले वृत्तचित्रमा ठाउँ पाएका छन् । हातहातमा साना क्यामरा बोकेर गाउँ छिरेका थुप्रै तन्नेरीहरूले थाहै नपाई नेपाली जीवनका कैयन् पक्षहरूलाई बाहिर ल्याइदिएका छन् । केसाङ छेतेन र छिरङि रतिारको हामी कुनाका मान्छे, मनोज पाण्डेको लिभिङ् बाय द रिभरदेखि रमेश खड् काको छाउसम्मका वृत्तचित्रहरूमा यस्तैयस्तै कथाहरू देख्न सकिन्छ । जो सुन्दा सत्यजस्तो लाग्दैन ।
दशक लामो द्वन्द्व खेपेको नेपाली समाजका कैयन् अदृश्य पाटाहरूलाई वृत्तचित्र निर्माताहरूले उजिल्याइदिएका छन् । जसले हिंसात्मक राजनीतिले सामाजिक जीवनमा पार्ने दुर्दान्त तथ्यहरूलाई बाहिर ल्याइदिएको छ । ध्रुव बस्नेतको रक्ताम्य गह्राहरू, स् कुल इन दी क्रस फायर, दी वेटर टू ह्याभ वीन किल्ड, मोहन मैनालीको जोगीमाराका जिउँदाहरू, दी वेट कन्टिन्युज, मोहन मैनाली र प्रतीक भण्डारीको युद्धका घाउहरू, केसाङ छेतेन र प्रेम विकको प|mेम्स अफ वार, सुविना श्रेष्ठको चुल्हो, चोल्ही र बन्दुक तिनै प्रतिनिधि वृत्तचित्रहरू हुन्, जसले दशक लामो द्वन्द्वको कथा र त्यसको विद्रुपतालाई प्रस्तुत गरेको छ । निर्माता मैनाली भन्छन्, "यस्ता वृत्तचित्रहरूले राजनीतिक हिंसाले सामाजिक जीवनमा पारेको असरको रेकर्ड मात्रै राखेको छैन, अन्तर्राष्ट्रिय स्तरसम्म नेपाली जनताको कथालाई पुर्याइदिएको छ ।"
नेपाली जीवनको दुःख पछ्याउँदै वृत्तचित्र निर्माताहरू गाउँ मात्रै पसेका छैनन्, खाडी मुलुकमा पसिना चुहाउने नेपालीका कथा समेट्न पनि सफल भएका छन् । केसाङ छेतेनको इन सर्च अफ दी रियल त्यस्तै एउटा वृत्तचित्र हो । हालै मात्र उनी वैदेशिक रोजगारीमा गएका नेपालीको कथा समेट्ने तीनवटा वृत्तचित्रको अन्तिम तयारीमा जुटेका छन्, जसका लागि छेतेनले साढे दुई वर्ष समय र ६० हजार डलर खर्च गरसिकेका छन् ।
मिसेस एचआईभी स् िटग्मा पि|m नामक वृत्तचित्र बनाउँदा निर्माता/निर्देशक टंक उपे्रतीले जम्मा एक साताको समय खर्च गरेका थिए । वृत्तचित्र निर्माणकै लागि चितवनसम्म पुगेका उप्रेतीले सबै दृश्यहरू हाते क्यामरामा नै कैद गरेका थिए । तर, उनले बनाएको यही वृत्तचित्र एउटा ख्यातिप्राप्त अन्तर्राष्ट्रिय पुरस्कार थाप्न सफल भयो । एसिया प्यासिफिक क्षेत्रमा प्रतिस्पर्धी एक सय वृत्तचित्रलाई उछिन्दै उनी प्रथम भए । थोरै लगानीमा बने पनि विषयवस्तुको गम्भीरताले गर्दा आफ्नो वृत्तचित्र राम्रो बनेको उनको भनाइ छ ।
नेपाली वृत्तचित्र निर्माताहरूले कमजोर व्यावसायिक धरातलमा उभिनुको जोखिम मोलेरै भए पनि वृत्तचित्र निर्माणमा पैसा र समय दुवै खर्च गररिहेका छन् । वृत्तचित्र निर्माता मोहन मैनाली भन्छन्, "वृतचित्रमा लगानी गरेको पैसा व्यावसायिक रूपले उठ्न अझै सम्भव छैन ।" तर, मैनालीको भनाइसँग ग्रेटर नेपाल वृत्तचित्रका निर्माता मनोज पण्डित सहमत छैनन् । वृत्तचित्रको व्यावसायिक सम्भावना रहेको तर्फ जोड दिँदै उनी भन्छन्, "यसका लागि निर्माता/निर्देशक आफैँ लागिपर्नु पर्छ ।" उनको वृत्तचित्र ग्रेटर नेपाल पछिल्ला चार वर्षमा करबि तीन हजारपटक प्रदर्शन भइसकेको छ । पण्डित भन्छन्, "मैले करबि २८ लाख रुपियाँ कमाएँ । " वृत्तचित्र निर्माता छेतेन वृत्तचित्र बनाएर बाँच्न सकिने तर्क गर्छन् । तर, त्यसका लागि उनले अथक् मिहिनेत र धैर्यतालाई सर्त बनाएका छन् ।
प्रजातन्त्र स्थापनापछि जन्मिएका गैसस, भित्रिएका आईएनजीओ र तिनीहरूले गर्ने सहयोगका कारण वृत्तचित्र निर्माणको संख्यात्मक पक्ष बलियो बनेको छ । पण्डितका अनुसार, नेपालमा अझै पनि ८० प्रतिशतभन्दा बढी वृत्तचित्र गैससको अनुदानमा बन्ने गरेका छन् । वृत्तचित्र प्रदर्शनीका लागि हलहरू नहुनु, निजी टेलिभिजनहरूले वृत्तचित्र प्रसारण नगर्नुजस्त्ाा समस्याले वृत्तचित्र निर्माताहरूका लागि वृत्तचित्र निर्माणभन्दा प्रदर्शनको यात्रा जटिल भएको छ । छेतेन भन्छन्, "नेपालमा निजी टेलिभिजनहरूले न वृत्तचित्र बजाउने काम गर्छन्, न त वृत्तचित्र किन्ने नै हिम्मत राख्छन् ।"
व्यावसायिक जोखिम भए पनि वृत्तचित्र निर्माताहरू सामाजिक जीवनका यावत् पक्षहरूमाथि वृत्तचित्र बनाउन उद्यत देखिएका छन् । पछिल्ला वर्षहरूमा गाउँकेन्दि्रत वृत्तचित्र निर्माणको लहर बढेको छ । दुई साताअघि मात्रै राजधानीमा आयोजित एक वृत्तचित्र कार्यशालाका सहभागीहरूले हुनेखानेले हुँदा खानेको वृत्तचित्र बनाउने परम्परा बढेको बताएका थिए । राजनीति होस् वा संस्कृति, कला होस् वा मनोरञ्जन, दुःख होस् वा प्रगति सबै क्षेत्रलाई नेपाली वृत्तचित्रले समेट्न भ्याएका छन् ।
थोरै भए पनि नेपाली वृत्तचित्रहरूको अन्तर्राष्ट्रिय यात्राले वृत्तचित्रका निर्माताहरूलाई हौस्याएको छ । त्यति मात्रै नभएर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली वृत्तचित्र पनि अब्बल ठहरनि थालेपछि वृत्तचित्र निर्माताहरूको आँखा अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ डोहोरएिको छ ।
वृत्तचित्र निर्माणमा दशक लामो यात्रा गरसिकेका निर्माताहरूका भनाइलाई आधार मान्ने हो भने वृत्तचित्र निर्माण एउटा सिर्जनात्मक तिर्खा हो । कमजोर व्यावसायिक धरातलमा उभिएर पनि वृत्तचित्र निर्माणमा होमिएका कैयन् तन्नेरीहरूलाई त्यही तिर्खाले ऊर्जा भरेको छ । तन्नेरी क्षितिज श्रेष्ठ, २४, त्यसैका एउटा प्रतिनिधि पात्र हुन् । सन् २०१० मार्चमा बीबीसीले गरेको विश्वव्यापी वृत्तचित्र प्रतियोगितामा उनको वृत्तचित्र मुक्ति एसियाभरबाट प्रतिस्पर्धामा उत्रिएका दुई सयमध्ये शीर्ष पाँचमा परेको थियो । आफ्नै गोजीको पैसा खर्च गरेर बनाएको उनको डकुमेन्ट्री विश्वस्तरमा प्रतिस्पर्धा गर्न लायकको थियो भन्ने उनी स्वयंलाई लागेको थिएन । हालसालै मिडिया स्टडिजमा स्नातक सकेका क्षितिज भन्छन्, "मिहिनेत र सिर्जनशीलता भएपछि हुँदो रहेछ ।"
पछिल्ला पाँच वर्षयता तन्नेरी गोकुल तामाङ पनि वृत्तचित्र निर्माणको दौडमा लागेका छन् । वृत्तचित्र बनाएर पैसा कमाइन्छ कि कमाइँदैन, त्यो उनलाई थाहा छैन । तर, उनलाई केचाहिँ थाहा छ भने वृत्तचित्र बनाएपछि सकारात्मक प्रतिक्रिया पाइन्छ । उनको बुझाइमा वृत्तचित्र आवाजविहीनहरूको आवाज हो । वृत्तचित्रको आकर्षणले विद्यार्थी राजनीति गर्दागर्दै भूपेन्द्रजंग शाहीलाई पनि तान्यो । उनले करबि दुई वर्ष लगाएर नेपाली कांग्रेसको राजनीतिक इतिहासको विषयमा वृत्तचित्र तयार पारेका छन् ।
वृत्तचित्र निर्माणमा युवा पुस्ताको बढ्दो आकर्षणका पछाडि उनीहरूमा रहेको सिर्जनाको भोक पनि हो । प्रविधिको पहुँचले उनीहरूलाई आफ्नो सिर्जनालाई विश्वव्यापीकरण गर्न सजिलो भएपछि त्यो आकर्षण झनै बढेको हो । प्रविधिले गर्दा कुनै हल भाडामा लिएर पि्रमियर सो गर्नुपर्ने बाध्यताबाट वृत्तचित्र निर्माताहरूले भने उन्मुक्ति पाएका छन् । यू-ट्युब, ब्लग र वेबसाइटको बढ्दो विस्तारले वृत्तचित्र निर्माताहरूलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुग्न सजिलो भएको छ । त्यसका लागि क्षितिजकै उदाहरण पर्याप्त छ । उनले इमेल गरेर पठाएको दुई मिनेटको डकुमेन्ट्रीले विश्वस्तरमा प्रतिस्पर्धा गर्ने मौका पायो । आफ्नो वृत्तचित्रलाई यू-ट्युबमा राख्नेबित्तिकै उनले देशी/विदेशी आठ सयभन्दा धेरैको प्रतिक्रिया पाइसके । तन्नेरी गोकुलको भनाइमा पनि वृत्तचित्र बनाइसके पनि कहाँ लगेर कसलाई देखाउने भन्ने समस्याबाट प्रविधिले थोरै भए पनि सहयोग पुर्याएको छ । वृत्तचित्र निर्माता सौरभ ढकाल अनलाइन, इन्टरनेट र यू-ट्युबजस्ता साधनको उपलब्धताले वृत्तचित्र निर्माताहरूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको मैदान खुला गरििदएको टिप्पणी गर्छन् । वृत्तचित्र निर्माता नवीन सुब्बा भन्छन्, "१०/१२ वर्षअघिसम्म प्रत्येक युवाले कविता लेख्थे भनेझैँ अहिले प्रत्येक युवाको ध्यान वृत्तचित्र निर्माणतर्फ सोझिएको छ ।" वृत्तचित्र निर्माता टंक उप्रेती पनि सुब्बाको भनाइसँग नजिक छन् । केही नयाँ प्रयोग गर्ने युवाहरूको चाहनाले गर्दा पनि वृत्तचित्र निर्माण उनीहरूको पहिलो प्राथमिकतामा परेको छ ।
महोत्सवको शृंखला
वृत्तचित्र निर्माणमा युवापुस्ताको बढ्दो संग्लनताका पछाडि हरेक वर्षजसो हुने वृत्तचित्र महोत्सवको सबैभन्दा ठूलो हात रहेको छ । नेपालको वृत्तचित्र महोत्सवको लामो इतिहास छैन । तर, १७ वर्षे इतिहासले पनि वृत्तचित्रको व्यावसायीकरण र यसको गुणात्मक र संख्यात्मक वृद्धिमा अतुलनीय योगदान पुर्याएको छ ।
सन् १९९४ मा सम्पन्न हिमालयन फिल्म फेस् ि टबल, सन् १९९७ बाट प्रत्येक दुई वर्षमा सञ्चालित हुँदै आएको फिल्म साउथ एसिया, सन् २००० बाट सुरु भएको काठमाडौँ इन्टरनेसनल फिल्म फेस् ि टबल, सन् २००८ बाट सुरु भएको साउथ एसियन डकुमेन्ट्री इन्ट्याक्टिभ फेस् ि टबल, सन् २००७ बाट प्रारम्भ भएको नेपाल आदिवासी चलचित्र महोत्सवलगायतका महोत्सवहरूले वृत्तचित्रप्रति आममानिसमा चासो जगाएको हो । नेपालभित्रै हुने वृत्तचित्र प्रदर्शनीमा विश्वका विभिन्न देशका वृत्तचित्रहरूको सहभागिताले वृत्तचित्र निर्मातालाई सिक्ने अवसर उपलब्ध गराएको छ ।
संस्कृति, कला र परम्परा संरक्षण वा कुनै विकासे संस्थाको कार्यमूलक प्रगति झल्काउनमै सीमित रहेका वृत्तचित्र परम्परागत परििधबाट निकै माथि उठेको छ । त्यसका पछाडि पनि बर्सेनि हुने वृत्तचित्र महोत्सवले नै काम गरेको छ । स्वदेशभित्रै हुने अन्तर्राष्ट्रिय स्तरको वृत्तचित्रको प्रतिस्पर्धाले सहभागीहरूलाई हौसाएको मात्रै छैन, यसको प्रस्तुति, विषयवस्तुको चयन र सिर्जनात्मक पक्षमा पनि थप निखार ल्याउन मद्दत पुर्याएको छ । नेपाल आदिवासी चलचित्र महोत्सवका आयोजकमध्येका एक नवीन सुब्बा भन्छन्, "यस्ता महोत्सवहरूले राजधानीका मानिसमा वृत्तचित्रप्रतिको आकर्षणलाई ह्वात्तै बढाइदिएको छ । उपत्यकाबाहिर पनि वृत्तचित्रको क्रेज बढ्दै छ ।"
वृत्तचित्रको इतिहास
नेपालमा वृत्तचित्रको व्यावसायिक इतिहास छैन । विसं ०३० मा यूएस इन्फर्मेसन सर्भिस सेन्टरद्वारा निर्मित हिमालयन अवेक्निङ् नामक वृत्तचित्र नै नेपालको पहिलो वृत्तचित्र हो । तर, आधिकारकि रूपमा भने पहिलो वृत्तचित्र कुन हो भन्ने यकिन भइसकेको छैन । नेपालीले बनाएको पहिलो वृत्तचित्र भने २०१९ सालमा हीरा सिंहद्वारा निर्देशित श्री ५ महेन्द्रको बयालीसौँ जन्मोत्सव हो ।
सीमित मानिसहरूको पहुँचमा रहेको र स्तुति परम्परामा सीमित वृत्तचित्र नेपाल टेलिभिजनको प्रसारण प्रारम्भ भएपछि आमजनताको पहुँचमा पुगेको हो । वृत्तचित्र निर्माता एवं नेपाल टेलिभिजनका कार्यक्रम निर्माता एवं प्रस्तोता टंक खनालका अनुसार नेपाल टेलिभिजनको २५ वर्षे यात्रामा २ हजार ७ सयभन्दा बढी वृत्तचित्र निर्माण भइसकेका छन् । ०४७ सालपछि मात्रै नेपालमा वृृत्तचित्र निर्माणले गति लिएको हो । नेपालीले नै बनाएका सुरुका वृत्तचित्रहरू त पञ्चायती व्यवस्थाको पक्षमा जनमत तयार गर्ने हिसाबले बनाइएका थिए । नेपालको तेस्रो योजनामा राजनीतिक र सांस्कृतिक विषयमा १९ वटा वृत्तचित्रहरू बनाइएका थिए । पाँचौँ योजनासम्म आइपुग्दा पनि वृत्तचित्रलाई सरकारी प्रचारका रूपमा नै प्रयोग गरएिको थियो । छैटौँ योजनामा विदेशी दर्शकलाई लक्षित गरी वृत्तचित्र बनाइयो भने सातौँमा चेतना फैलाउने हिसाबले वृत्तचित्र निर्माण गरयिो ।
गैरसरकारी संस्थाहरूको नेपाल प्रवेश र तिनीहरूले प्रदान गर्ने अनुदानको केही हिस्सा वृत्तचित्र निर्माणमा पनि पर्न थालेपछि यसको व्यावसायीकरणले गति लियो । अहिलेसम्म पनि नेपालमा वृत्तचित्र निर्माणमा गैरसरकारी संस्थाकै अनुदानको बाहुल्य छ । वृत्तचित्र निर्माता खनाल भन्छन्, "वृत्तचित्रको व्यावसायिक आधार बलियो बन्न नसक्दा गैरसरकारी संस्थाको अनुदानमा वृत्तचित्र निर्माताहरू खुम्चिनुपरेको छ ।" उनी थप्छन्, "कतिपय राम्रा वृत्तचित्रहरू गैससकै कामका सिलसिलामा सहउत्पादनका रूपमा आएका छन् ।" खनालको भनाइसँग वृतचित्र निर्माता मोहन मैनाली पनि सहमत छन् । तर, नेपालमा हालसम्म कति वृत्तचित्र बने भन्ने आधिकारकि तथ्यांक भने कसैसँग छैन ।
डोल्मामाथि वृत्तचित्र
डोल्मा शेर्पामाथि अहिले एउटा वृत्तचित्र तयार भएको छ, डोल्मा बचाऊँ । झट्ट सुन्दा कुनै अभियान वा उद्देश्यमा निहितजस्तो टाइटल लागे पनि यो वृत्तचित्र खाडी मुलुकमा गइरहेका नेपाली घरेलु कामदारमाथिको मर्मस्पर्शी कथा हो ।
वैशाख दोस्रो साता बहस र छलफलका लागि धनकुटा र बिर्तामोडमा देखाइएको यो वृत्तचित्रका निर्देशक केसाङ छेतेन हुन् । रोजीरोटीको खोजीमा खाडी जाने नेपाली युवाको सफल/विफल कथामाथि इन सर्च अफ द रयिाल नामको वृत्तचित्र बनाएर चर्चा बटुलेका निर्देशक केसाङले झन्डै तीन वर्ष लगाएर डोल्माबारेको यो डकुमेन्ट्री बनाएका हुन् ।
"नाम भने फेरनि सक्छ," निर्देशक केसाङले भने, "डोल्मा बचाउ“m, मेइड इन कुवेत अथवा यस् तै केही राखिन सक्छ ।" एक घन्टा लामो वृत्तचित्र खाडीको कुवेतमा तीन वर्षदेखि थुनामा रहेकी ३४ वषर्ीया डोल्माको कथावस्तुमा केन्दि्रत छ । एक फिलिपिनो सहकर्मीको हत्या अभियोगमा सुरुमा मृत्युदण्ड, त्यसपछि आजीवन कारावास र अहिले पाँचवर्षे जेल सजाय पाएकी सिन्धुपाल्चोककी डोल्मा शेर्पाले अब झन्डै दुई वर्ष मात्रै जेल बस्नु पर्नेछ ।
बीना भट्टराई -प्रशिक्षार्थी
Online Nepali News
भर्खरै पोस्ट गरिएका
लाईभ ट्राफिक फीड
फेसबूकका मित्रहरु
Followers
Mp3 नेपाली गीतहरु
My Wibiya
Thursday, May 20, 2010
Subscribe to:
Post Comments (Atom)
नेपाली दैनिक पात्रो
नेपाली समय
तपाईंको रोजाई यहाँ
Category
- गीत संगीत (5)
- जीवन यात्रा (1)
- प्रवास (3)
- भिडियो संसार (2)
- समाचार (4)
- साहित्य (1)
केही मित्रका ब्लगहरु
-
-
नेपाल10 months ago
-
मिस्टिका रिभ्यु4 years ago
-
Jumpstarting Your Blog7 years ago
-
-
-
-
चप्पल उल्टो पारेको निहुँमा कुटपिट14 years ago
-
हरितालीका तीज ब्रत कथा14 years ago
-
कुटीको कैलाश अर्कै कुटीमा छिर्दा...15 years ago
-
-
-
डाउनलोड नेपाली Mp3 गीत
Entertainment
पेश भएका कुराहरु
;
0 comments:
Post a Comment