Exclusive :–


Monday, July 26, 2010

२०६७-सालको नेपाली राशिफल

       श्री गणेशाय नम:
के तपाईंलाई आफ्नो भविश्यप्रती केही जान्ने इच्छुक छ ? 
के तपाईंलाई ज्योतिर्विज्ञान(Astro-Science)प्रती विश्वाश लाग्छ ? 
यदी यि सबै अन्धबिश्वास कुराहरुप्रती केही जाने इच्छुक छ 
र विश्वाश लाग्छ भने तपाईं यहाँ आफ्नो राशिफलमा हेर्नुहोस्। 
र के-कती कुराहरु तपाईंको भविश्य जीवनसँग 
मिल्दा-जुल्दा भएको पाउनुहुनेछ बिचार गरेर हेर्नुहोस्।

Astrology, Horoscope, Rashiphal, Prediction | राशिफल | Rashifal in Hindiमेष राशी :-चू चे चो ला ली लु ले लो अ -Aries
बाधा, दण्ड जरिवानाको सम्भावना र यात्राको योग साथै स्थायी सम्पत्तिबाट लाभ रहनेछ । मित्र वर्गबाट धोका पाउने र शैक्षिक क्षेत्रमा मेहनतबाट सफलता पाउनु हुनेछ । चोटपटकबाट बच्नु पर्नेछ । दाम्पत्य पक्षमा उदासिनता, परिवार सहयोगमा बाधा तथा सन्तानसँग मतभेदले खिन्नता रहनेछ । यस वर्षा पित्त विकार र वायु तथा सन्धी रोगले बाधा पर्नेछ । न्यायिक कार्यमा सफलता पाउनु हुनेछ । व्यापार व्यवसाय फस्टाउनाले हर्षबढ्नेछ तापनि सरकारी सेवामा बाधाको योग परेको छ ।

वैशाखमा नेत्रपीडा र अपजस, जेष्ठमा इच्छा सिद्धि र लाभ, आषाढमा धनलाभ र उत्साहवृद्धि, श्रावणमा नेत्र पीडा, खर्चवृद्धि तथा चिन्ता, भाद्रमा कार्य परिवर्तन र परिवारबाट पीडा, आश्विनमा मानसिक चिन्ता, सरकारी भय, कार्तिकमा सम्मान वृद्धि, अर्थलाभ र विजय, मंसीरमा अपजस र पीडा, पौषमा खर्च, विवाद र झंझट, माघमा मान प्राप्ति र हर्ष शत्रु बर्गमा विजय  फाल्गुणमा खर्च र पारिवारिक कलह साथै चैत्रमा स्वास्थ्यमा शिथिलता एवं अर्थहानि हुनेछ ।
Astrology, Horoscope, Rashiphal, Prediction | राशिफल | Rashifal in Hindiवृष राशी:- इ उ ए ‌ओ वा वी वु वे वो -Taurus
यस वर्षा धनमा केतु, बुद्धिमा शनि, यात्रा र झन्झटमा राहु र लाभमा गुरुको प्रभाव रहेको छ । उतारस चढावमा वृद्धि र अनावश्यक धन खर्चले खिन्नता कायम रहनेछ । सन्तान र परिवारमा मतभिन्नता गृहसुखमा बाधाको योग छ । न्यायमा बाधा र दिएको धन फिर्ता हुन गाह्रो पर्नेछ । विविध मार्गबाट आयको स्रोतको विस्तार हुनेछ।समयमा उचित निर्णय नगर्नाले खिन्नता रहनेछ।शैक्षिक क्षेत्रबाट उत्साह र लाभ रहनेछ । प्रशासनिक तथा सरकारी सेवा र उद्योगबाट लाभ भइरहनेछ । मान्यजन, पिता-माताका लागि श्रेष्ठ समय परेको छ । रक्त, पित्त र उदर पीडाले स्वास्थ्यमा निरासा रहनेछ । नवीन व्यापार व्यवसायबाट लाभ हुनाले हर्षरहनेछ ।
वैशाखमा अप्रिय यात्रा र स्वास्थ्यमा नैराश्य, जेष्ठमा उत्साहमा कमी र अपजस, आषाढमा कार्य सिद्धि र लाभ, श्रावणमा धनलाभ,उत्साहवृद्धि, भाद्रमा खर्चवृद्धि, दुश्चिन्ता र शीरपीडा आश्विनमा कार्य परिवर्तन र शरीर पीडा, कार्तिकमा मानसिक चिन्ता मानहानी मंसीरमा सम्मान वृद्धि, अर्थलाभ र कार्यमा विजय, पौषमा माननाश र पीडा, माघमा शीर,उदरपीडा तथा कलह, फाल्गुणमा मान्यजनबाट लाभ एवं हर्षशत्रु वर्गमा विजय, चैत्रमा खर्च, यात्रा र पारिवारिक कलहको योग परेको छ ।

Astrology, Horoscope, Rashiphal, Prediction | राशिफल | Rashifal in Hindiमिथुन राशी :-का कि कु घ ङ छ के को हा -Gemini
यस वर्षा चतुर स्थानको अढैया शनि र राशिमा केतु, दाम्पत्य सुखमा राहु र मान सम्मान, स्थानमा वृहस्पतिको गोचर भ्रमण रहनेछ । यस वर्षा स्वास्थ्य क्षेत्रमा शिथिलता  परिवार तथा मित्रवर्गबाट धोकाको योगहरु सृजना भइरहनाले खिन्नता रहनेछ । दैनिक रोजगारीमा उतार चढाव, राजकार्यमा बाधा र न्यायिक झमेला रहनेछ तापनि कर्मोन्नति र कार्य एवं व्यवसाय विस्तार हुनाले केही राहत पाउनु हुनेछ । शैक्षिक कार्यमा सफलता पाउनु हुनेछ । सेवा कार्यमा केही लाभ रहे पनि स्थानान्तरको सम्भावनासमेत परेको छ । अर्थक्षेत्रमा बाधा रहे पनि यात्राबाट लाभको योग छ ।
वैशाखमा अप्रिय यात्रा र पारिवारिक कलह, जेष्ठमा अपजस र स्वास्थ्यमा नैराश्य, आषाढमा उत्साहमा कमी र अपजस, श्रावणमा कर्म सिद्धि र लाभ, भाद्रमा अर्थलाभ र उत्साहवृद्धि, आश्विनमा खर्चवृद्धि र दुष्चिन्ता, कार्तिकमा स्थान वा कार्य परिवर्तन र शरीर पीडा, मंसीरमा मानसिक चिन्ता राजभय, पौषमा मान सम्मान वृद्धि अर्थलाभ र विजय, माघमा माननाश र पीडा, फाल्गुणमा उदरपीडा र कलह, चैत्रमा शत्रु वर्गमा विजय र जस वृद्धिको योग परेको छ ।

Astrology, Horoscope, Rashiphal, Prediction | राशिफल | Rashifal in Hindiकर्कट राशी:- ही हु हे हो डा डि डु डे डो -Cancer
यस वर्षा पराक्रम र उद्योगमा शनि, खर्चमा केतु, रोगमा राहु र भाग्यमा वृहस्पतिको प्रभाव परेको छ । यो वर्षतपाईका लागि लाभ दायक रहनेछ । तापनि चोटपटकबाट र्सतर्क रहनुपर्छ । यात्रामा बाधा र पारिवारिक पक्ष सामान्य रहनेछ सन्तान र मान्य जनबाट लाभको योग छ । भौतिकलाभ तथा धार्मिक कार्य सम्पादनको योग, कृषि कार्यबाट लाभ तथा वैवाहिक जीवन सामान्य रहनेछ । यस वर्षा भाग्य वृद्धिका साथै विविध माध्यमबाट लाभको योग छ ।
वैशाखमा विजय र मान वृद्धि, जेष्ठमा परिवर्तन र पारिवारिक कलह, आषाढमा आफन्तमा विवाद र स्वास्थ्यमा नैराश्य, श्रावणमा उत्साहमा कमी र मानसिक अशान्ति, भाद्रमा इच्छा सिद्धि र लाभ, आश्विनमा उत्साह वृद्धि र अर्थलाभ र कार्तिकमा खर्चवृद्धि र विवाद, मंसीरमा कार्य परिवर्तन र परिवारमा पीडा, पौषमा मानसिक चिन्ता, विविध भय, माघमा मान वृद्धि, अर्थलाभ र विजय, फाल्गुणमा अपमान र कार्य नाश, पीडा र चैत्रमा यात्रामा विवाद एवं अर्थहानिको योग परेको छ ।

Astrology, Horoscope, Rashiphal, Prediction | राशिफल | Rashifal in Hindiसिंह राशी :-मा मि मू मे मो टा टी टु टे -Leo
यस वर्षा तपाईको अन्तिम धनस्थानको साढेसाती र बुद्धिमा राहु, आयुमा गुरु र लाभमा केतुको प्रभाव परेको छ। धनखर्च वृद्धि, सन्तानसँग मतभिन्नता र कुटुम्बसँग विवादको योग परेको छ । यात्राको योग बारम्बार आए पनि यात्राबाट खर्च बढ्नेछ । शैक्षिक कार्यमा अवरोध, दण्डजरिवानाका साथै चौरादिको भय हुनेछ । दाम्पत्य सुखको योगमा सामान्य रहे तापनि पति-पत्नीमा लाभ रहनेछ । छोड्दो साढेसाती भएकोले स्वास्थ्यमा शिथिलता कायमै रहनेछ । न्यायिक कार्य, कृषि, व्यवसायमा परिश्रम ज्यादा र लाभ कम रहने, धार्मिक यात्राको योग परेको छ ।
वैशाखमा शीर पीडा र आफन्तमा कलह, जेष्ठमा लाभ एवं शत्रुवर्गमा विजय, आषाढमा यात्रा तथा पारिवारिक विछोड, श्रावणमा विवाद र स्वास्थ्यमा नैराश्य, भाद्रमा उत्साहमा कमी र अर्थहानि, आश्विनमा इच्छासिद्धि र लाभ, कार्तिकमा अर्थलाभ र मानवृद्धि, मंसीरमा खर्चवृद्धि र पीडा, पौषमा स्थान वा कार्य परिवर्तन र शरीर पीडा, माघमा मानसिक चिन्ता अर्थहानि, फाल्गुणमा मान सम्मान वृद्धि, अर्थलाभ र विजय, चैत्रमा माननाश र पीडाको योग परेको छ ।

Astrology, Horoscope, Rashiphal, Prediction | राशिफल | Rashifal in Hindiकन्या राशी :-टो प पी पु ष ण ठ पे मो -Virgo
यस वर्षा हृदयको साढेसाती शनि, गृह सुखमा राहु, कर्मका केतु र दैनिक रोजगारी तथा दाम्पत्य सुख गुरुको प्रभाव परेको छ । घरेलु वातावरण कलहपूर्ण र मित्रबाट धोकाको साथै स्थायी सम्पत्ति तथा वाहनबाट हानिको सम्भावना छ । वातात्मक रोगले स्वास्थ्यमा खिन्नता, शैक्षिक कार्य र सेवामूलक कार्यबाट लाभ रहने छ । मांगलिक कार्य सम्पादनका साथै कार्य परिवर्तन र कार्य विलम्बले उत्साहमा कमी रहने छ तापनि दाम्पत्य सुखमा वृद्धि र पतिपत्नीका साथ यात्राको योग समेत परेको छ ।
वैशाखमा गृहकलह र पीडा, जेष्ठमा मानसिक पीडा र कलह आषाढमा लाभ प्राप्ति र हर्षशत्रुवर्गमा विजय, श्रावणमा अनावश्यक यात्रा र पारिवारिक कलह, भाद्रमा आफन्तबाट अपजस र स्वास्थ्यमा नैराश्य, आश्विनमा उत्साहमा कमी र अपमान, कार्तिकमा कर्म सिद्धि र अर्थलाभ, मंसीरमा कर्मर्लाभ र उत्साहवृद्धि, पौषमा खर्चवृद्धि र मानसिकचिन्ता, माघमा स्थान र कार्य परिवर्तन तथा शरीर पीडा,फाल्गुणमा मानसिक चिन्ता राजकार्यमा विवाद, चैत्रमा सम्मान वृद्धि अर्थलाभ र विजयको योग परेको छ ।

Astrology, Horoscope, Rashiphal, Prediction | राशिफल | Rashifal in Hindiतुला राशी :-र री रु रे रो ता ती तू ते -Libra
यस वर्षा खर्चको साढेसाती शनि पराक्रममा राहु, रोगमा गुरु र भाग्यमा केतुको प्रभाव र साढेसातीको प्रारम्भले मनमा चिन्ताका साथै कार्यमा विलम्ब, स्वास्थ्यमा बाधा, धार्मिक कार्यमा व्याय, ऋण वृद्धि, जण्डीस तथा बाथ रोगले पीडा, मान्यजनबाट सहयोग, यात्राको अवसर प्राप्ति, साझेदारी कार्यबाट बाधा, श्रम, साहस र पुरुषार्थबाट लाभ रहनेछ । शैक्षिक कार्यमा बाधा र सन्तानबाट खिन्नता रहने ग्रह योग परेको छ । वैशाखमा मान सम्मान वृद्धि,अर्थलाभ र विजय, जेष्ठमा माननाश र पीडा, आषाढमा शीरपीडा र कलह, श्रावणमा मान प्राप्ति र हर्षशत्रुवर्गमा विजय, भाद्रमा यात्रा र पारिवारिक कलह, आश्विनमा अपजस र स्वास्थ्यमा नैराश्य, कार्तिकमा उत्साहमा कमी र अपजस, मंसीरमा कर्मसिद्धि र लाभ, पौषमा अर्थलाभ र उत्साहवृद्धि, माघमा खर्चवृद्धि र दुष्चिन्ता,फाल्गुणमा स्थान वा कार्य परिवर्तन र शरीर पीडा,चैत्रमा मानसिक चिन्ता राजभयको योग परेकोछ ।
Astrology, Horoscope, Rashiphal, Prediction | राशिफल | Rashifal in Hindiवृश्चिक राशी :-तो ना नी न‍ू ने नो या यि यु -Scorpio
यस वर्षा तपाईको धन र बोलीमा राहु बुद्धिमा गुरु, यात्रामा केतु र लाभमा शनिको प्रभाव परेको छ। यो वर्षआर्थिक पक्षबाट लाभदायक रहने छ । मान्यजनबाट सहयोग र शैक्षिक तथा सन्तानबाट लाभ हुनेछ । दाम्पत्य पक्ष सामान्य रहनेछ । पराक्रम वृद्धि जमीन र धन आर्जन तथा मित्रबाट लाभ रहे पनि बोलीको रुखोपनले धोकाको योग परेको छ । व्यापार व्यवसायमा लाभ र पद तथा बेतन वृद्धिको योगसमेत परेको छ । धार्मिक तथा मांगलिक कार्य सम्पादनमा खर्चको योग भए पनि बौद्धिक पक्षबाट गरिएका कार्यहरुबाट सफलता पाउने योग परेको छ । वैशाखमा नेत्रपीडा चिन्ता राजभय, जेष्ठमा मान सम्मान वृद्धि, अर्थलाभ र जय, आषाढमा माननास र आफन्तबाट पीडा, श्रावणमा शीर उदरपीडा र कलह, भाद्रमा मान प्राप्ति र हर्षएवं विजय, आश्विनमा यात्रामा वाधा तथा पारिवारिक कलह, कार्तिकमा अपजस खर्च र स्वास्थ्यमा नैराश्य, मंसीरमा उत्साहमा कमी एवं अपमान खर्च वृद्धि, पौषमा कर्म सिद्धि लाभ र उत्साह, माघमा अर्थलाभ र मानवृद्धि, फाल्गुणमा खर्चवृद्धि र पारिवारिक चिन्ता, चैत्रमा स्थान वा कार्य परिवर्तन र कलहको परेको छ ।


Astrology, Horoscope, Rashiphal, Prediction | राशिफल | Rashifal in Hindiधनु राशी :-य यो भा भी भू ध फा ढ भे -Sagittarius

यस वर्षा स्वास्थ्यमा केतु, सुखमा गुरु, दैनिक रोजगारी र दाम्पत्य सुखमा राहु र कर्ममा शनिको प्रभाव परेको छ । यस वर्षा चोटपटक र विषयुक्त जनावरबाट भयको योग परेको छ । स्वास्थ्योपचारमा खर्च वृद्धिले चिन्ता थपिनेछ नोकरी व्यवसायको प्रारुप परिवर्तन राज कार्यबाट लाभ र न्यायिक कार्यमा सफलता पाउनु हुनेछ । दूरदेश यात्रा र स्थायी सम्पत्ति लाभको योग परेको छ । रोकिएका कार्य र शैक्षिक कार्य सफल हुने योग छ । दाम्पत्य कलहले निरासा ल्याउने सम्भावना भएकोले संयम आवश्यक छ ।
वैशाखमा यात्रा कार्य परिवर्तन र शरीर पीडा, जेष्ठमा मानसिक चिन्ता, धनहानि, आषाढमा  मान सम्मान वृद्धि, अर्थलाभ र विजय, श्रावणमा यात्रा र स्वास्थ्यमा नैराश्य, भाद्रमा शीरपीडा र कलह, आश्विनमा मान प्राप्ति र लाभ, कार्त्तिकमा यात्रा तथा पारिवारिक कलह, मंसीरमा विवाद र व्यवसायमा झमेला बढ्ने, पौषमा आयमा कमी र अपजस, माघमा अर्थ लाभ, हर्ष फाल्गुणमा अर्थलाभ र उत्साहवृद्धि र चैत्रमा खर्च र दुष्चिन्ता बढ्नेछ ।
Astrology, Horoscope, Rashiphal, Prediction | राशिफल | Rashifal in Hindiमकर राशी:- जो जा जी खी खू खे खो गा गी -Capricorn
यस वर्षा उद्योगमा गुरु, पराक्रममा केतु, भाग्यमा शनि र खर्चमा राहुको प्रभाव परेको छ । धनको अभावले कार्यमा अवरोध सामाजिक कार्यमा सफलता, परिवारको उन्नतिले उत्साह यात्राबाट लाभ र धार्मिक कार्यमा बाधा रहनेछ । पति वा पत्नी स्वास्थ्यको प्रतिकूलताले खिन्नता, चोरी आदिको सम्भावना, अचानक आउने अपमानजनक परिस्थितिले मनमा भय र त्रासको वातावरण कायम रहनेछ । विविध प्रतिकूल प्रभाव रहे पनि साझेदारी, न्यायिक कार्य धार्मिक कार्य र शैक्षिक कार्यमा सफलता रहनेछ । कृषि कार्यमा बाधा बर्षान्ततर्फभाग्योन्नतिको मार्ग तय हुनाले उत्साह थपिनेछ।वैशाखमा खर्चवृद्धि र दुष्चिन्ता बढ्ने, जेष्ठमा स्थान वा कार्य परिवर्तन र शरीर पीडा, आषाढमा मानसिक चिन्ता, राजभय, श्रावणमा मान सम्मान वृद्धि, अर्थलाभ र विजय, भाद्रमा माननाश र पीडा, आश्विनमा उदरपीडा र कलह, कार्तिकमा अर्थ प्राप्ति र हर्ष शत्रुवर्गमा विजय, मंसीरमा खर्च र रोजगारीमा  झमेला बढ्ने, पौषमा परिवारबाट भय र स्वास्थ्यमा शिथिलता, माघमा आफन्तमा विरोध र अपजस, फाल्गुणमा मान प्राप्ति, सिद्धि र लाभ बढ्ने र चैत्रमा अर्थलाभ र सम्मानको योग परेको छ ।




Astrology, Horoscope, Rashiphal, Prediction | राशिफल | Rashifal in Hindiकुम्भ राशी:- गू गे गो सा सी सु से सो द -Aquarius
यस वर्षा तपाईको अढैया दशाका साथै धनमा गरु बुद्धिमा केतु, स्वास्थ्यमा शनि र लाभमा राहु हुनुका साथै यात्रामा शनिको प्रभाव परेको छ । कार्य कार्य उन्नोतीमा अल्पलाभ, राजभय र अपमानले खिन्नता, सन्तान पक्षबाट चिन्ता र आकस्मिक झन्झटले खिन्नता कायम रहनेछ । स्थायी सम्पत्तिमा लगानी बढ्नाले ऋण भार बढ्ने छ । शैक्षिक र वौद्धिक कार्यमा सफलता पाउनु हुनेछ । जायदात क्रय विक्रयको योग, रोग शत्रुबाट  पराजय र न्यायिक कार्यमा सफलताका साथै समाजबाट सम्मान र नवीन कार्यबाट लाभको योग परेको छ ।
वैशाखमा धन लाभ र मान वृद्धि, जेष्ठमा यात्रा र दुष्चिन्ता, आषाढमा कार्य परिवर्तन र विवाद, श्रावणमा आर्थिक चिन्ता, राजभय, भाद्रमा अर्थ लाभ र पराक्रममा विजय, आश्विनमा माननाश र विवाद, कार्तिकमा शरीर पीडा र कलह, मंसीरमा मान प्राप्ति र हर्षलाभ तथा विजय  पौषमा खर्च एवं पारिवारिक कलह, माघमा यात्रामा पीडा र स्वास्थ्यमा नैराश्य, फाल्गुणमा उत्साहमा कमी र धनहानि र चैत्रमा कर्म सिद्धि  र हर्षबढ्ने योग परेको छ ।

Astrology, Horoscope, Rashiphal, Prediction | राशिफल | Rashifal in Hindiमीन राशी:- दि दू थ भ ञ दे दो चा ची -Pisces
यसवर्षस्वास्थ्यमा गुरु, मित्र र सुखमा केतु, दाम्पत्य जीवन र  दैनिक रोजगारीमा शनि र्,कर्म र मान प्रतिष्ठामा राहुको प्रभाव परेको छ । स्वास्थ्य पक्षमा बाधा र  आर्थिक उल्झनले मनमा अशान्ति, विश्वासपात्रबाट धोका, बाहन तथा अग्निबाट भयको योग, सरकारी र न्यायिक कार्यबाट सफलता, दुरर्व्यसनबाट स्वस्थ्यमा प्रतिकूल प्रभाव पर्न सक्ने हुँदा संयमताको आवश्यकता छ । शैक्षिक र र भौतिक कार्य सम्पादनले उत्साह थपिने, धर्म र मंगल कार्य सम्पादन हुने ग्रह योग छ ।
वैशाखमा आकांक्षा सिद्धि र लाभ, जेष्ठमा हर्षवृद्धि र सम्मान, आषाढमा खर्च वृद्धि र शीरपीडा, श्रावणमा मित्रविरोध, कार्य परिवर्तन र शरीर पीडा, भाद्रमा आर्थिक चिन्ता र राजभय, आश्विनमा मान सम्मानमा वृद्धि, यात्रा अर्थलाभ र विजय, कार्तिकमा माननाश एवं पीडा, मंसीरमा उदरपीडा र कलह पौषमा मान प्राप्ति र हर्ष शत्रुवर्गमा विजय, माघमा यात्रा र पारिवारिक कलह, फाल्गुणमा अपजस र स्वास्थ्यमा नैराश्य र चैत्रमा उत्साहमा कमी र अपजस बढ्ने योग परेको छ ।

0 comments:

Post a Comment