Exclusive :–


Sunday, September 19, 2010

महान पर्व दसैंमा आकर्षक देखिनुको छुट्टै अर्थ र महत्व

राम्रो र आकर्षक देखिन विशेष अवसर र मौसमकै प्रतीक्षा गर्नुपर्छ भन्ने छैन तर चाडपर्वको मौसम अझ वर्षकै ठूलो एवं महान् पर्व दसैंमा आकर्षक देखिन विशेष रूपमा सजिनुको छुट्टै अर्थ र महत्व हुन्छ। 'रातो राम्रो गुलियो मीठो' भनेझैं चाडपर्वको मौसममा रातो रंगको महत्व सधै रहने गरेकाले यसपटक पनि दसैंमा रातो रंगका पहिरनलाई अलग्याउन नसकिने बताउँछन् कुपण्डोलस्थित मेहर कलेक्सनका डिजाइनर योगेन्द्र मेहर श्रेष्ठ। योगेन्द्रका अनुसार सोभर लुकमा कुर्ती टपसित तथा बोल्ड लुकमा स्कर्टसित लेगिङको जोडा सुहाउँछ। लेगिङ र कुर्तीको जोडाले फेस्टिभल मुडलाई फेसनेबल बनाउने कुरामा तरुणिकाज क्रियसनकी... 


डिजाइनर तरुणिका महतो पनि सहमति जनाउँछिन्। ब्राइट कलरमा जर्जेट, कटन र लिनेनजस्ता फेबि्रकमा पि्रन्डेट वा प्लेन सिमरको प्याचसहित हल्का इम्ब्रोइडरीको संयोजनसित कन्ट्रास्ट कलरको लेगिङको जोडा फिगर सुहाउँदो हिसाबले गृहिणी, कामकाजी महिला एवं युवतीलाई आराम तथा सहजताको दृष्टिले चाडपर्वको समयमा प्रायोजनमा ल्याउन सकिने कुरा तरुणिका बताउँछिन्। दसैंको फेस्टिभल मुडलाई विचार गरी ड्रेसिङ गर्दा कुर्ता-सलवारको उपयोगितालाई नकार्न नसकिने धारणा डिजाइनर महतोको छ। उनका अनुसार कुर्ता-सलवारमा अनारकली शैलीतर्फ रुचि बढ्नेछ। नेट, जर्जेट, सिफनजस्ता फेबि्रकमा सिक्वेन्स स्टोन तथा भेल्भेटमा जरदोजी वर्कको प्रधानता रहनेछ। महतोका अनुसार चाडपर्वको मौसमलाई रंगीन बनाउन रेड एण्ड ग्रीन तथा रानी कलर एण्ड ग्रीनको मौसमलाई रंगीन बनाउन रेड एण्ड ग्रीन तथा रानी कलर एण्ड ग्रीनको मिक्स कम्बिनेसनले भूमिका खेल्नेछ। डिजाइन डिटलिङका सम्बन्धमा भने बस्टलाइन र नेकलाइनमा इम्ब्रोइडरीको हाइलाइट रहने, ओपन टाइप भी, स्क्वायर स्वीट हार्ट आदि नेकलाइनको आकर्षण देख्न पाइने कुरा महतोले बताइन्। सलवार भने पूर्णरूपले चुडीदार हुने र प्लेन सिमर वा साइनिक भएको कपडामा सलवारको प्रयोग फेस्टिभल मुड सुहाउँदो हुने उनको विचार छ। 


डिजाइनर योगेन्द्र भने फिगर सुहाउँदो कुर्ताको डिजाइनमा ग्यादर, प्लिटस र क्रिज धेरै हुने शैलीतर्फ आकर्षक बढ्ने बताउँछन्। उनका अनुसार जर्जेट, कटन जस्ता फेबि्रकमा कुर्ताको स्टाइल अघि बढ्ने र तिनमा बस्ट, वेस्ट र नेकलाइनमा लेस जरी तथा विडस वर्कको प्रधानता मुख्य आकर्षण हुनेछ। सलवारका सम्बन्धमा भने कुर्तासित सुहाउँदो फेबि्रकमा पंजावी शैलीको सलवार उपयुक्त हुनेछ । उत्तम क्रियसनका डिजाइनर उत्तम बनेपाली भने चाडपर्वको यो मौसममा कुर्ता-सलवारको डिजाइनमा अनारकली शैलीले प्राथमिकता पाउने अनुमान लगाउँछन्। उनका अनुसार ह्यान्ड बासेबल फेबि्रक सिल्क ब्रोकेड, जर्जेट आदिको प्रयोग हुनेछ। बस्ट लाइनमा लेस र प्याचवर्कको आकर्षण तथा अनारकली शैलीको तलतिरको प्लिटसमा पनि आकर्षक डिजाइनको हाइलाइट शोभनीय हुन्छ। बनेपाली सलवार  चुडीदार शैलीकै भए पनि बस्न, उठ्न, हिँडडुल गर्न आरामको दृष्टिले स्ट्रेट चुडीदारको उपयोगितामा जोड दिन्छन्। रंगमा भने पाकिस्तानी ग्रीनप्रति रुचि रहने उनको धारणा छ। त्यसो त फेस्टिभ सिजनमा ब्राइट कलरकै ट्रेन्ड रहन्छ। ओरेन्ज, टरक्वाइज, पिंक, ब्लु, गोल्डेन कलरलाई वार्डरोबमा समावेश गर्नु उपयुक्त हुने डिजाइनहरू बताउँछन्। ग्रीन, पिंक, ब्लु, पर्पल मरुन आदि रंग पनि फेस्टिभ सिजनमा उत्तिकै सुन्दर देखिन्छन्। 


यसका अतिरिक्त एमराल्ड, ग्रीन, गोल्डेन एलो पिन्क, ब्राउन, आइभरी आदि कलर पनि चाडवर्पको मौसम अनुकूल हुने डिजाइनहरू उल्लेख गर्छन्। फेस्टिभल मुडमा ग्ल्यामरस र स्टाइलिस देखिन फ्युजन लुक अर्थात् वेस्टर्न कट र एथनिक वर्कको कम्बिनेसनलाई अंगाल्न सकिन्छ। जस्तै स्कर्ट वा जिन्ससित चोली घाँघर स्कर्टसित स्पेगेटी ब्लाउज लगाउन सकिन्छ। युनिक देखिन स्टोन वर्कयुक्त सरारा राम्रो हुन्छ। इच्छाअनुसार लङ कुर्ताको ठाउँमा सर्ट टप र एंकल लेन्थ दुपट्टा लगाउन सकिन्छ। यसले उपयोग गरिएको सरारालाई कन्टेम्पररी लुक प्रदान गर्छ। यसैगरी घेरायुक्त स्कर्टसित कोर्सेट र स्टोलको कम्बिनेसन पनि उत्तिकै सुहाउँदो हुन्छ। मल्टी कल्र्ड ब्रोकेड प्याटर्न लुक सलवार, हेभी वर्क भएको कुर्ताबाट एथनिक लुक प्राप्त गर्न सकिन्छ। जिन्ससित सिल्कको कुर्ता र वर्कयुक्त स्टोल पनि ट्राइ गर्न सकिन्छ। सिक्वेन्स र जरी वर्कको कुर्तीले पनि फेस्टिभ लुक प्रदान गर्छ। यसका साथै स्किन टाइट फिटेड चुडीदार र झिंकल्ड दुपट्टाबाट एथनिक लुक प्राप्त गर्न सकिन्छ। लङ स्कर्ट वा घाँघरासित टिसर्ट वा मिरर वर्क भएका सर्ट कुर्ती पनि अंगाल्न सकिन्छ। स्टोन र क्रिस्टल वर्क इम्ब्रोइडरी भएको स्ट्रेट ट्युनिक पनि दसैंको स्टाइल स्टेटमेन्ट हुन सक्छ।
स्रोत: नारी

0 comments:

Post a Comment