भनाइ नै छ,'मान्छे बूढो भए'नि मन बूढो हुँदैन ।' यो बूढो नहुने मनले मान्छेलाई कस्तो खाडलमा लगेर जाकिदिन्छ ? गुरुकुलमा शुक्रबारदेखि मञ्चन सुरु भएको नयाँ नाटक 'सेतो कपाल' हेरेपछि सबैको मन यसरी नै सिरिंग हुन्छ । अनेकौं अभाव, दुःख र पारिवारिक दायित्वबीच निरन्तर चलिरहने घटनाक्रमहरूलाई जोड्न खोजिएको नाटक खासमा यौन मनोविज्ञानको डोरीमा गाँसिएका घटनाक्रमहरूको माला हो, जसलाई रंगकर्मी विजय विस्फोटले स्टेजमा उतारेका छन् । गुरुकुलले उनको नाटकमार्फत पहिलोपटक आमन्त्रित निर्देशकलाई स्थान दिएको हो । नाटकको कथालेखन पनि विस्फोटले नै गरेका हुन् ।फलामको पाइप, ड्रम...
र काठको लाम्चो बाकस प्रयोग गरी बनाइएको सामान्य मञ्चका लागि सुनील पोखरेलले प्रकाश परिकल्पना गरेका छन् । स्टेजमा प्रकाश पोखिँदा निम्नवर्गीय सानो परिवार बस्ने फ्ल्याटको दृश्य देखिन्छ, जहाँ एक नाटककार अध्ययनरत छन् । कुमार अग्नि नामक यिनै नाटककारको वरिपरि नाटकको कथानक घुम्छ । उनी नाटकमा जे लेख्छन्, गर्छन्, जीवनमा अर्कै भोग्छन् । कुनै समय उनले सोचेको प्रेम र जीवन भोग्दै जाने क्रममा पछि बेग्लै विन्दुमा आइपुगेर रन्थनिन्छ । बुढेसकालले छोप्दै लागे पनि मानिस आफूलाई तन्नेरी सावित गर्न किन चाहन्छन् ? राजन पुडासैनीले गरेको कुमार अग्निको भूमिकामा दर्शक तानिंदै जान्छन् । युवतीहरूले अंकल भनिदिँदा, घरकी श्रीमतीले टाउकामा सेतो कपाल औंल्याइदिँदा उनको चित्त दुख्छ । उनी झ्यालमा बस्छन् र परतिरको कौसीमा उभिरहेकी किशोरीलाई स्याउ टोक्दै जिस्क्याउँछन् । तिनै किशोरी युवतीको चञ्चलता र उमेरजन्य मनोविज्ञानसँग उनी आफ्नो बितेको समय तुलना गर्छन् र बदलिएका स्वभावहरूप्रति विरोध जनाउँछन् ।
निम्नवर्गीय पात्रहरू उभ्याइएको नाटकमा प्रेम र विवाहपछिको विरोधाभास पनि प्रकट हुन्छ । प्रेममा परिरहेको बेलाको रुमानी काल्पनिकता र विवाहपछि भोग्नुपर्ने डरलाग्दो यथार्थता दुवै भोग्छन् कुमार अग्नि । उनलाई साथ दिने युवती छिन् सिमल -अरुणा कार्की), जो लोग्ने मान्छेहरूले परिभाषित गरिदिएको सीमारेखाभित्र भविष्य कोर्न अभिसप्त छन् । लोग्नेले जत्तिकै अलिकति स्वर ठूलो पार्नेबित्तिकै तिनले घरबाट गलहत्याइनुपर्छ । किचकिचे, शंकालु र परिजीवीको आरोप खेप्नुपर्छ । पुरुषहरूको यौन मनोविज्ञानमा बाँधिएको भएकाले पनि नाटकमा महिला पात्र खासै शक्तिशाली छैनन् । उनीहरू कि पुरुषहरूको कल्पना र सपनामा आउँछन्, कि लोग्नेलाई सघाउने गृहिणीको रूपमा । कुमार अग्निको सपनामा रंगीन भएर आउने युवतीहरू पशुपति राई, सरस्वती चौधरी र प्रमिला कटवालले नयाँ पुस्ते किशोरीको चुलबुले मनोविज्ञानलाई राम्ररी प्रकट गर्छन् । घरभेटी भोलाराज सापकोटा, जँड्याहा कान्छा रामहरि ढकाल, हजुरबा कमलमणि नेपाल र पुरोहित विपिन कार्कीको अभिनय पनि मिठो लाग्छ ।
जँड्याहा कान्छा नाटकमा प्रेममा धोका खाएका पीडित पात्रको रूपमा छन् । श्रीमती अर्कैले भगाइदिएपछि उनको जँड्याहा चरित्र सडकमा उत्रिन्छ । नाटकको अन्त्यतिर पश्चिमाहरूको सांस्कृतिक अतिक्रमणको सिकारको रूपमा उनलाई उभ्याउन खोजिएको छ, जुन नाटकको घटना शृंखलाहरूसँग सिलसिलेवार र प्रासंगिक लाग्दैन । पश्चिमा संस्कृति नबुझेका युवतीहरू पनि लोग्ने छाडेर अर्कैलाई गएको धेरै उदाहरण समाजमा पाइन्छ । यस्तो हुनुमा प्रेमपूर्ण दाम्पत्य जीवनभन्दा पनि पुरुषहरूको हैकम लाद्ने परम्परागत नेपाली संस्कृति पनि कारक बनेको हुन सक्छ । फ्ल्यास ब्याक, सपना र कल्पित दृश्य देखाउने कला नाटकमा रोचक लाग्छ । एउटै सामग्रीबाट कहिले कोठा, कहिले पार्क त कहिले अफिस बनाउन मिल्ने रामहरि ढकालको मञ्च परिकल्पना प्रशंसायोग्य भए पनि लामो समय ब्ल्याक आउट गरेर मिलाइरहनुपर्ने भएकाले दर्शकले झन्झटिलो महसुस गर्न सक्छन् ।
जति बूढो हुँदै गयो, उत्तिकै श्रीमतीप्रति शंकालु र 'पात्तिएको' प्रवृत्ति देखाउन रचिएको हजुरबा र पुरोहितबीचको उपकथाले कुमार अग्निको मूलकथासँग कुनै सम्बन्ध राख्दैन, जसकारण कलाकारले चरित्रमा उत्कृष्ट काम गरे पनि यो फगत 'मसला दृश्य' जस्तो मात्र भान हुन्छ । निम्नवर्गीय जीवन बाँच्नेहरूको पारिवारिक यथार्थ देखाउन खोजिएको नाटकमा महिलालाई 'शंकालु, किचकिचे र परजीवी' को रूपमा मात्रै औंल्याउनुलाई पुरुष अतिवादी मानसिकताको आरोप लाग्न पनि सक्छ । प्रेममा जोगी नै बन्नुपर्ने नियति र आत्महत्या गर्नुपर्ने बाध्यता चाहिँ कसरी आइपर्छ ? नाटकको अन्तिम दृश्यले प्रस्ट्याउन प्रयास गर्छ । नाटककार कुमार अग्निले विक्षिप्त भएर अन्तिममा आत्महत्या गर्छन् । यसको कारक पनि उनी स्वयं नै हुन् । अफिसकै एउटी केटीको प्रेममा परेकी उनी परिस्थितिसँग जुध्न नसकेपछि हार्छन् । सेतो कपालले सिर्जना गरेको निराशामाथि अर्को निराशा थपिन्छ र नाटकको दुःखान्तक अन्त्य हुन्छ । यस हिसाबले नाटकलाई निराशावादी भन्न सकिन्छ । उमेर ढल्के पनि यथार्थतालाई अस्वीकार गर्न खोज्ने पुरुष अहम र त्यसले निम्त्याउने निराशाजनक स्थिति नाटकको सार हो । स्रोत: ईकान्तिपुर

0 comments:
Post a Comment