Exclusive :–


Saturday, October 30, 2010

नेपाली भारोत्तोलकले चीनको गोन्जाउमा प्रतिस्पर्धा गर्ने

नेपाली भारोत्तोलनले अन्तर्राष्ट्रियस्तरमा सर्वाधिक पदक जितेको छ । दक्षिण एसियाली खेलकुद (साग) मा भारोत्तोलनको प्रदर्शन सराहनीय छ । एसियाली खेलकुद (एसियाड) मा पनि नेपाली भारोत्तोलकको अनुभव छ ।चीनको गोन्जाउमा दुई सातापछि हुने १६ औं एसियाली खेलकुदमा पनि नेपाली भारोत्तोलकले प्रतिस्पर्धा गर्नेछन् । यसपालि दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कमल अधिकारीले ६९ केजी तौल समूहमा गोन्जाउमा प्रतिस्पर्धा गर्नेछन् ।कमलको एसियाली खेलकुदमा दोस्रो अनुभव बटुल्दै छन् । उनले चार वर्षअघि दोहा एसियाडमा भाग लिएका थिए । कमलले गोन्जाउ एसियाडलाई प्रदर्शन सुधार्ने अवसरका...


रूपमा लिएका छन् ।'गोन्जाउमा मैले प्रदर्शन सुधार्ने अवसरको रूपमा लिएको छु,' नेपाल आर्मीका खेलाडी कमलले भने, 'मेरो तौल समूहको ओलम्पिक पदक चीनका खेलाडीले लिएका छन् । यसमा मैले पदकको आशा राख्नु गलत हुनेछ । एसियाडको प्रदर्शनले सागमा अब्बल हुने कमलको दाबी छ ।'एसियाडको प्रदर्शनले सागमा राम्रो गर्ने मेरो सोच छ,' साग स्वर्णधारी कमलले भने, 'एसियाड अहिले पनि सिक्ने ठाउँ हो । नेपाली खेलाडीको प्रतिस्पर्धा सागमै हुन्छ ।' कमल र उनका प्रशिक्षक तिलक राउतले एसियाड यात्रालाई सुधारका रूपमा लिएका छन् । तिलकले कमललाई एसियाडमा डिप्लोमा दिलाउन सके त्यसलाई उपलब्धि मान्ने छन् ।'कमललाई डिप्लोमा दिलाउने हाम्रो उद्देश्य हो,' प्रशिक्षक तिलकले भने, 'उनले पहिलेको भन्दा धेरै सुधार गरेका छन् । उनले डिप्लोमा हासिल गर्नेमा म विश्वस्त छु ।' 


कमलले तीन महिना पहिले एसियाडको प्रशिक्षण गर्दैछन् । उनी एसियाडका बन्द प्रशिक्षणमा पर्दा स्न्याचमा १ सय १२ केजी र क्लिन एन्ड जर्कमा १ सय ५२ केजी तौल उठाएका थिए ।कमलले पहिलेको भन्दा धेरै सुधार गरेकामा प्रशिक्षक तिलक खुसी छन् । 'उनले सुधार गरेकामा म खुसी छु,' उनले भने, 'प्रशिक्षणमा उनले एसियाडका लागि छनोट हुँदाको तौलमा धेरै सुधार गरेका छन् । कमलले डिप्लोमासम्म हासिल गर्न सकेमा नेपालका लागि उपलब्धि हुनेछ ।'कमलको नाममा स्न्याच र क्लिन एन्ड जर्कको राष्ट्रिय कीर्तिमान छ । उनले ढाकामा भएको ११ औं दक्षिण एसियाली खेलकुदमा स्न्याचतर्फ १ सय १७ केजी तौल उठाउँदै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए । उनकै नाममा क्लिन एन्ड जर्कको कीर्तिमान पनि छ । उनले चीनको बेइजिङमा भएको ओलम्पिकमा १ सय ५४ केजी तौल उठाउँदै राष्ट्रिय कीर्तिमान बनाएका थिए ।कमलले एसियाडमा गत वर्ष ढाकामा भएको गल्ती दोहोर्‍याउन चाहन्नन् । 


उनी ढाकामा क्लिन एन्ड जर्कमा बढी तौल राखेर निश्चित उपाधिबाट वञ्चित भए । 'ढाकाको गल्ती दोहोर्‍याउन चाहन्न,' कमलले भने, 'त्यतिबेला मैले अलि बढी तौल राखें । एसियाडमा मैले सक्ने तौल राखेर कीर्तिमान बनाउने छु ।'कमलले तीन महिनादेखि राष्ट्रिय खेलकुद परिषद्को भारोत्तोलन प्रशिक्षण केन्द्रमा दिनहुँ प्रशिक्षण गरिरहेका छन् । टाइफाइड भएका कारण सोचेजस्तो प्रशिक्षण गर्न नसकेको कमलको गुनासो छ । 'मैले टाइफाइडका कारण प्रशिक्षण अगाडि बढाउन सकिन,' उनले भने, 'कम समय भए पनि प्रशिक्षणमा सन्तुष्ट छु । बिरामी नभएको भए अलि सजिलो हुने थियो ।'उनले अहिलेसम्म ९८ प्रतिशत फिट भएको बताएका छन् । दुई साता बाँकी भए पनि दुई प्रतिशत प्रशिक्षण पूरा गर्नेमा कमल ढुक्क छन् । भारोत्तोलन १३ नोभेम्बरमा सुरु भए पनि कमलले आफूलाई आत्मविश्वासी बनाउने छन् । 


'छोटो समयमा मैले अझै सुधार गर्नेछु,' दस दिन चीनमा प्रशिक्षण गरेर धेरै सुधार गर्ने विश्वास लिएको छु । चीन प्रशिक्षण मेरा लागि फलदायी हुने आशा छ ।' नेपाली भारोत्तोलन खेलाडी कमल र प्रशिक्षक तिलक शुक्रबार छोटो समयको प्रशिक्षणका लागि चीन प्रस्थान गरेका छन् । भारोत्तोलनको व्यवस्थाका रूपमा नेपाल भारोत्तोलन संघका उपाध्यक्ष शारदाभक्त रञ्जित भने एसियाडको पूर्वसन्ध्यामा चीन पुग्ने छन् । स्रोत: ई-कान्तिपुर

0 comments:

Post a Comment