Exclusive :–


Monday, December 6, 2010

स्वस्थ शरीरका लागि आवश्यकपर्ने केहीकुराहरु

स्वस्थ शरीर सबैका लागि आवश्यक हुन्छ। यो तथ्य सबैले बुझे पनि यसका लागि गर्नुपर्ने काममा कतिपयले त्यति ध्यान पुर्‍याउँदैनन्। मांसपेशीलाई नियमित व्यायामको आवश्यकता पर्छ। उचित व्यायामले शरीरमा अक्सिजन प्राप्त हुन्छ। नियमित व्यायामले फुर्ती बढ्नुका साथै शक्ति पनि प्राप्त हुन्छ। व्यायाम गर्ने मानिसले काम गर्दा थाकेको महसुस गर्दैन। व्यायाम विभिन्न किसिमका हुन्छन्। यौगिक व्यायाम, खेलाडी व्यायाम, आधुनिक व्यायाम एवं घरायसी व्यायाम यसका केही रूप हुन्। यौगिक व्यायामका लागि योगगुरुसँग सम्पर्क राख्नुपर्छ। खेलाडी व्यायाम खेलाडीसँग सम्बन्धित व्यायाम हो। आधुनिक व्यायाम भन्नाले प्रविधिले बनाएका...


विद्युतीय सामग्रीबाटगरिने व्यायाम हो भने घरेलु व्यायाम भन्नाले घरधन्दाको कामलाई नियमित गर्ने व्यायाम हो। वैज्ञानिकहरूले धूम्रपान गर्ने मानिसमा साधारण व्यक्तिमा भन्दा दुई गुणा बढी हृदय रोग लाग्ने कुरा पत्ता लगाएका छन् । धूम्रपान त्याग गरेको १० वर्षपछि मात्र बिरामीहरू यस्तो खतराबाट मुक्त हुन्छन्। धूम्रपानको माध्यमबाट साधारण खोकी लाग्ने लक्षण देखापर्दै विभिन्न रोग लाग्ने सम्भावना हुन्छ। महिलाहरूमा पनि धूम्रपान गर्ने प्रवृत्ति बढ्दै गएको छ भने सहरी क्षेत्रमा पुरुषहरू बढी धूम्रपान गर्छन्। 


डायटिसियनहरूका अनुसार हप्तामा एक-दुई टुक्रा माछा खाँदा शरीरलाई शक्ति प्राप्त हुन्छ। ट्राउट, सालमन र टुनाजस्ता माछामा हृदय रोग कम गर्ने शक्ति हुन्छ। यी माछाको लगातार सेवनले मानिस बढी थाक्ने समस्याबाट मुक्त हुन्छ। स्वस्थ शरीरका लागि सोडियमको मात्रा सही हुनुपर्छ। सोडियम नुनबाट प्राप्त हुन्छ। धेरै नुन सेवन गर्नाले ब्लडप्रेसर बढ्ने तथा हृदय रोग लाग्ने सम्भावना हुन्छ। 


त्यसैगरी पोटासियमका लागि फलफूल र हरियो सागपात बढी मात्रामा प्रयोग गर्नुपर्छ। भोजनमा वासनायुक्त पदार्थ कम प्रयोग गर्नुपर्छ। जनावरबाट प्राप्त हुने माछा, मासु, मख्खन, चीज आदिको वासना तिखो हुन्छ। स्वास्थ्यका दृष्टिले खाद्यपदार्थमा तिखो वासना राम्रो मानिँदैन। बिस्कुट, केक आदिमा सुगन्धित तत्व मिसाइन्छ। सुगन्धित तत्व बढी प्रयोग गर्दा शरीरमा कोलस्ट्रोलको मात्रा बढ्छ। स्रोत: नारी

0 comments:

Post a Comment