Exclusive :–


Thursday, November 17, 2011

रोजगारीको गन्तव्य हङकङको रोजगारी खुलाउनको लागि पहल शुरु

नेपालीहरुको आकर्षक रोजगारीको गन्तव्य हङकङको रोजगारी खुलाउनको लागि पहल शुरु भएको छ । एनआरएनहरुको प्रतिनिधि मण्डलले नेपाल सरकारका विभिन्न निकायमा पुगि हङकङको रोजगारी खुलाउन आग्रह गरेको हो ।नेपालमा द्वन्द्व चलेपछि सन् २००५ वाट नेपालीका लागि हङकङले भिषा वन्द गरेपछि अझै खुल्न सकेको छैन । अन्य मुलुकको तुलनामा हङकङमा नेपालीका लागि आकर्षक र सुरक्षित रोजगारी हुँदा समेत नेपाल सरकारले भिषा खुल्ला गर्न ठोस आग्रह गर्न नसक्दा नेपालीहरु यस रोजगारीवाट वञ्चित हुनु परेको गैर आवासीय नेपाली संघ एशिया प्रशान्त संयोजक यमकुमार गुरुङले वताए ।उनले परराष्ट्र...


मन्त्रालय र श्रम मन्त्रालयले हङकङको रोजगारी खुलाउन चासो देखाएको हुँदा अव चाँढै नेपालीले सो अवसर पाउने आशा रोजगार मिडियालाई व्यक्त गरे । उनले भने-’३० हजार नेपालीहरु हङकङमा अहिले हाउसमेड तथा अन्य क्षेत्रमा कार्यरत छन् जसको रोजगारी अत्यन्तै राम्रो छ ।’

अहिले हङकङले सन् २०११ देखि २०२० सम्मलाई सुनौलो दशकका रुपमा घोषणा गरेको छ । यस अवसरमा धेरै ठूला-ठूला प्रोजेक्टहरु संचालन भइरहेका छन्, हङकङका स्थानियहरुले नेपालीहरुलाई अत्यधिक मन पराउने समेत भएकाले नेपालीहरुको माग धेरै रहेको गुरुङले जानकारी गराए । नेपाली महिलाहरुको लागि इजरायलपछिको आकर्षक रोजगारी मानिने हङकङमा धेरै माग रहेको छ ।

हङकङमा नै विभिन्न व्यवसाय संचालन गरेर वसेका गुरुङले नेपालीका लागि मकाउको रोजगारीलाई पनि सहज वनाउन आग्रह गरेका छन् । नेपालमा रहेको एकता इन्टरनेशनलका समेत संचालकरहेका गरुङले सोही कम्पनीवाट नेपालीहरुलाई मकाउको रोजगारीमा पठाइरहेका छन् ।

नेपाल सरकारको वेवास्ताका कारण यस्ता राम्रो रोजगारी रोकिदै आएकोमा अवका दिनमा खुल्ने आशंका वढेर गएको छ ।

0 comments:

Post a Comment