Exclusive :–


Wednesday, August 24, 2011

नेपाली कथानक चलचित्र "सपनाको" समिक्षा

सानोमा आमाले राजकुमारको कथा सुनाउँदै गर्दा त्यसैको कल्पनामा मस्त हुने सपना -नन्दिता के.सी ) उमेरले जवानीको रेखा कोर्दै गर्दा पनि त्यही सपना देख्छिन् । सपनामा हेलिकप्टर चढेर आएको राजकुमार जसले उनलाई धेरै राक्षसवाट वचाउँछ अनि लैजान्छ वादलपारीको देशमा । यस्तै, सपना देख्छे सपनाले हरेक रात । सपनाको राजकुमारसँग हराएकी सपनाको सानो देखिएको साथी राज (आर्यन सिग्देल) जो उनलाई भित्र भित्र मनपराउँछ । तर राजले आफ्नो मनको कुरा सपनालाई भन्न सक्दैन ।राजलाई सानैदेखि पालेको कृष्ण (राजेश हमाल) एक युवतीको प्रेममा परेको हुन्छ, तर ती युवतीलाई पनि भन्न नसक्दा कृष्णको सपना पनि...


अधुरै रहेको हुन्छ । सपनाले सपनामा देखेको राजकुमार उनको विपनामा पनि आउँछ, उही गुण्डाको फन्दामा परेकी सपनालाई वचाउन । हेलिकप्टरमा आएको सपनाको राजकुमारले उनलाई सपनामा देखेजसरी नै वचाउँछ र लैजान्छ वादलापारीको देश । दिनेश -अर्जुन कार्की) नाम गरेको त्यो सपनाको राजकुमार विपनामा पनि आएपछि सपनाले उसैसँग विवाह गर्छिन् । सपनाको विवाह पश्चात एक्लो वनेको राजले लन्डनवाट फर्किदै गरेकी एक युवतीलाई भेट्छ । यसरी नै कथावस्तु अगाडि वढ्दै गर्दा सपना विधुवा हुन्छे । हनिमुन मनाउन गएको वेलामा हेलिकोप्टर दुर्घटनामा परेर दिनेशको निधन हुन्छ । दिनेशको निधन पश्चात विछिप्त वनेकी सपनालाई राजले हेरचाह गर्छ र उनको रोग निको पार्छ । अन्त्यमा सपना र राजको विवाह हुने पक्का हुन्छ । तर, राजले सपनाको सिउँदो भर्न मात्र लाग्दा दिनेश हेलिकप्टरमै आउँछ विवाहको मण्डपमा । सपनाको विवाह राजसँग हुन्छ या हुँदैन, कथाले कस्तो मोड लिन्छ आदि बिषयमा जान्नका लागि भने तपाई हलसम्मै पुग्नुपर्ने हुन्छ । काठमाण्डौका हलमा शुक्रवारवाट प्रर्दशनमा आएको चलचित्र सपनाको कथासार यही नै हो । निर्माण भएको लामो समयपछि काठमाण्डौमा हल पाएको यो चलचित्र भित्र धेरै तानवुनाहरु वुनिएका छन् ।

चलचित्रमा हेर्न लायक पक्ष
चलचित्र सपना आम नेपाली चलचित्र भन्दा खासै नयाँ र फरक धारको छैन । उही रोनाधोना, लभ, रोमान्स, कमेडी, द्धन्द अनि गीतसँगीत । नेपाली चलचित्रका पाँच फर्मुला यो चलचित्रले पनि उठान गरेको छ । तर, पनि चलचित्रमा केही त्यस्ता सवल पक्षहरु छन् जसले चलचित्रलाई सशक्त वनाएको छ । चलचित्र सपनाको सवैभन्दा सशक्त पक्ष भनेको यसको गीतसंगीत हो । संगीतकार महेश खड्का यसका लागी वधाईका पात्र नै छन् । हुनत गीतको अडियो अनुसारको दृश्य खासै सम्झनलायक भने छैन । चलचित्रमा प्रयोग गरिएका द्धन्द्वका दृश्यहरुले दर्शकलाई वारम्वार ताली वजाउन झकझकाउँछ । द्धन्द मनपराउने दर्शकका लागि सपना हेर्दा समय रामै्रसँग वित्छ ।

कमजोर पक्ष
यो चलचित्र त्यस्तो कुनै नयाँ चमात्कार वोकेर आएको चलचित्र होईन । नेपाली चलचित्रमा वारम्वार दोहोरिने फर्मुला नै यो चलचित्रको मुख्य धार हो । चलचित्र हेर्दा कतै पनि दर्शकलाई अव के हुन्छ भन्ने लाग्दैन । एउटा दृश्य हेरिसकेपछि अव यो हुन्छ भनेर दर्शकले सहजै अनुमान लगाउन सक्छन् । यो चलचित्र लेखकको कमजोरी हो । चलचित्रमा हेलिकोप्टरको प्रयोग होईन दुरुपयोग गरिएको छ । निर्देशकले हेलिकोप्टर प्रयोग गरेर दर्शकको ताली पाउन खोजेपनि यसको प्रयोग खास ठाउँमा नहुँदा र वारम्वार हुँदा दर्शकलाई खासै नौलो लाग्दैन । चलचित्रमा राजेश हमाललाई नखेलाएको भए के हुन्थ्यो भन्ने प्रश्न चलचित्रले दिन सक्दैन । राजेश हमाल राख्नु र नराख्नुको खासै अर्थ देखिदैन सपनामा । राज अर्थात आर्यन सिग्देलको जीवनमा जे कहानी हुन्छ राजेश हमालको जीवनाम पनि त्यही कहानी हुन्छ । तर राजेश हमालको कथालाई वारम्वार फ्ल्यास व्याकमा पुर्याएर कथालाई लम्व्याउन मात्र खोजिएको छ ।

नायक आर्यन सिग्देल ट्याक्सी ड्राईभर हुन्छन् । ट्याक्सी चलाउँदै गर्दा लन्डनवाट फर्कीएकी एक युवतीसँग भेट हुनु, ती युवतीलाई उनको घरमा पुर्‍याउन जाँदा उनको वच्चाको साथी नन्दिता विधवा हुनु । यो कथा केही वर्ष अघि प्रर्दशनमा आएको चलचित्र अन्दाजसँग मिलेको भान हुन्छ दर्शकलाई । अक्ष कुमारको सानोको साथी लारा दत्त जो हेलिकप्टर उडाउने एक युवकसँग विवाह गर्छिन् । यता, नेपाली सपनामा पनि नन्दिताले हेलिकप्टर उडाउने अर्जुन कार्कीसँग विवाह गर्छिन् । चलचित्रकी अर्की नायिका पि्रयङका चोपडा लाराको नन्द हुन्छिन् । जसरी, यो चलचित्रमा आर्यनसँग भेट हुने नवनायिका ममता गिरी पनि नन्दिताको नन्द हुन्छिन् । पि्रयङका आधुनिक केटी भएजस्तै, ममता पनि यो चलचित्रमा आधुनिक युवती नै हुन्छिन् । लाराको पनि वच्चा देखिनै हेलिकोप्टर उडाउने राजकुमारसँग विवाह गर्ने चाहना हुन्छ जसरी नन्दिताले यो चलचित्रमा सपना वुन्छिन् ।

विधवा लारालाई स्हायार गर्दै अक्षकुमार उनलाई ठिक पार्न लागि पर्छन्, जसरी सपनामा पनि आर्यन विधवा नन्दितालाई स्याहार गर्न दिनरात खटिन्छन् । चलचित्रको सुरुवातमै यसराज व्यानरको लोगोसँग ठ्याक्कै मिल्ने लोगो राखेर तयार पारिएको श्री जेन्टल फिल्मस्को यो चलचित्र हिन्दी अन्दाज चलचित्रसँग धेरै हदसम्म मिल्छ । चलचित्रमा नन्दिताका पति दीपकको निधन भएको देखाईन्छ । तर, अन्त्यमा दीपक पुनः वाचेर र्फकन्छ । तर, दीपक कसरी वाच्यो भन्ने कुरालाई चलचित्रले प्रष्टाउन नसक्दा दर्शकलाई हिरो कहाँ मर्छ र भन्ने भनाईको याद आउँछ । निर्देशक प्रदीप श्रेष्ठ चलचित्र वनाउन खप्पिस नै मानिन्छन्, तर यो चलचित्रमा उनको खासै सम्झmनलायक काम देखिदैन ।

चलचित्रमा ८० लाख लगानी गरीएको भनिएता पनि त्यस्तो खर्च गरेजस्तो कतै पनि देखिदैन । चलचित्रको क्लाईमेक्समा राखिएको द्धन्दका दृश्यमा सिन्क आउट भएको छ । हिरोले हानेको मुक्का लागेको केही समयपछि मात्र आवाज आउँदा द्धन्द खल्लो लाग्छ । चलचित्रका दृश्य धेरै ठाउँमा फोकस आउट छ । यसरी, समग्रमा भन्दा चलचित्र सपना दर्शकका लागि पुरानै फर्मुला वोकेका नयाँ चलचित्र मात्र हो ।

0 comments:

Post a Comment