Exclusive :–


Monday, December 6, 2010

फुट्बलमा वार्सिलोनाको जीत

मंसिर २० - म्याडि्रड (एएफपी) पाँच घन्टाको पीडादायी रेल यात्रा तय गरेर मैदानमा उत्रेको बार्सिलोनाले शनिबार स्पेनी लिगमा ओसासुनालाई ३-० ले हरायो र शीर्ष स्थानमा कायम रह्यो । बार्सिलोना दोस्रो स्थानमा रहेको रियल म्याडि्रडभन्दा दुई अंकले अगाडि छ । रियलले अर्को खेलमा दस खेलाडीमा सीमित भ्यालेन्सियालाई २-० ले पराजित गर्‍यो । बार्सिलोनाको जितमा लियोनल मेसीले दुई गोल गरे र यसपल्टको लिगमा उनको व्यक्तिगत गोल संख्या १५ पुगेको छ । पेड्रो रोडरिगेको अर्को गोलमा पनि मेसीले पास मिलाए । रियलका लागि क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा दुई गोल गरे र घरमा लगातार सातौं जित लेखाए रोनाल्डोले ७२ र ६८ औं...


मिनेटमा गोल गरे । पछिल्लो साता बार्सिलोनाले रियललाई ५-० ले हराएर शीर्ष स्थानमा दुई अंकको अग्रता खोलेको थियो । शनिबारको अर्को खेलमा खराब समयबाट गुजि्ररहेको एटलेटिको म्याडि्रड लेभान्टेको हातबाट २-० ले पराजित रह्यो । एटलेटिकोको यो लगातार तेस्रो हार हो । 


इटाली
रोम- एसी मिलानले पुछारको ब्रेसियालाई शनिबार ३-० ले हराएर शीर्ष स्थानमा तीन अंकको अग्रता लिएको छ । सानसिरोमा प्राप्त जितमा तीनै गोल पहिलो हाफमा भएका थिए । अन्य खेलमा एएस रोमा र किएभोले २-२ को बराबरी खेले भने लाजियोले इन्टर मिलानमाथि ३-१ को प्रभावशाली जित रच्यो ।

इंग्ल्यान्ड
लन्डन- आर्सनलले इङलिस पि्रमियर लिगमा शनिबार फुलहमलाई २-१ ले हराएर पहिलोपल्ट शीर्ष स्थान कब्जा गरेको छ । उसले डिफेन्डिङ च्याम्पियन चेल्सीलाई  एभरटनले १-१ को बराबरीमा रोकेपछि त्यसको फाइदा लिएको हो । यसअघि शीर्ष स्थानमा रहेको म्यानेस्टर युनाइटेड र ब्ल्याकपुलबीचको खेल भने खराब मौसमका कारण हुन सकेन । स्रोत: ई- कान्तिपुर

0 comments:

Post a Comment