Exclusive :–


Sunday, March 6, 2011

व्यवसायी र बैँक दुवै जोखिममा पर्ने सम्भावना

पश्चिमा जीवनशैली र संस्कृतिसँगको बढ्दो हिमचिममा रहेको वर्गलाई लक्षित गरी सहरमा खोलिएका सपिङ् मल, डिपार्टमेन्ट स्टोर तथा व्यापारकि भवनहरूमा आगन्तुकको चहलपहल निकै घटेको छ। कतिपय पुराना र स्थापित डिपार्टमेन्ट स्टोर बन्द भइसकेका छन् भने केही खुल्दै सुनसान छन्। यसका कारण सञ्चालनमा रहेका र खुल्ने तयारीमा रहेका यस्ता कतिपय व्यापारकि भवनहरूको भविष्य पनि अन्योलपूर्ण बन्दै गएको छ। निर्माणाधीन व्यापारकि भवनमा खरदिकर्ताको अपेक्षित आकर्षण नहुँदा विभिन्न प्रवर्द्धनात्मक योजना अघि सारएिका छन्। एक वर्षअघि जस्तो भाडामा सहजै लाग्न छाडेपछि मलर व्यापारकि भवनका ...


सटर प्रतिवर्गफिटका आधारमा मूल्यांकन गर्दै बिक्री गर्ने क्रम पनि सुरु भएको छ। यसको सुरुवात गरेको छ, न्युरोडस्िथत निर्माणाधीन रञ्जना ट्रेड सेन्टरले। पुरानो रञ्जना सिनेमा हललाई भत्काएर तीन अर्ब रुपियाँको लागतमा निर्माण गरनि ट्रेड सेन्टरको निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। छ रोपनी जग्गामा बनाइने यस पाँचतले व्यापारकि भवनको हालसम्म करबि ८० प्रतिशत पसल खरदिका लागि बुकिङ् भइसकेको दाबी गरिएको छ। यद्यपि, १० प्रतिशत अग्रीम भुक्तानी गरेका व्यापारीहरूले भविष्यमा खरदि गर्न नचाहेमा वा किस्ता तिर्न अक्षम भएमा रकम फिर्ता हुने व्यवस्था पनि कम्पनीले गरेको छ। 

त्यसैगरी, कमलपोखरीस्िथत सीटी सेन्टरमा रहेको ह्याङ् टेन स्टोरकी सोनी श्रेष्ठका भनाइमा, अहिलेको बिक्रीमा ४० प्रतिशतले कमी आएको छ। ३० देखि ५० प्रतिशत छुट दिँदासमेत खरदिकर्ता आकषिर्त नभएको गुनासो व्यवसायीहरूको छ। सीटी सेन्टरका कार्यकारी निर्देशक राजकुमार बाँका पनि विगत केही समयदेखि मलमा भीड घटेको बताउँछन्। लुगाफाटो, जुत्ता, मोबाइललगायतका ब्रान्डेड सामग्रीका सोरुम रहेको यस मलले राजधानीबासीमाझ खुलेको छोटो समयमै राम्रो पहिचान बनाइसकेको छ। कार्यकारी निर्देशक बाँकाको सन् २०११ मा मासिक तीन लाख ग्राहक पुर्‍याउने लक्ष्य पनि पूरा नहुने भएको छ। बाँका भन्छन्, "मासिक सवा दुई लाखभन्दा बढी पुग्ने छाँटकाँट छैन।"

लाजिम्पाटस्थित २२ वर्ष पुरानो ब्लुबर्ड डिपार्टमेन्ट स्टोर पनि गएको पुसदेखि औपचारकि रूपमा बन्द भइसकेको छ। त्यसैगरी, ब्लुबर्डले थापाथलीस्िथत आफ्नो ग्रोसरी पनि बन्द गरेको छ। ब्लुबर्ड मलका कार्यकारी निर्देशक विनोद तुलाधरले 'सञ्चालन लागत बढ्नु र मजदुर समस्याका कारण बन्द भएको' दाबी गरे पनि स्टोरहरूको संख्या बढ्दै जाँदा प्रतिस्पर्धा बढ्नुले पनि स्टोर बन्द भएको बताइन्छ।

ग्लोबल, सिटिजन र सिद्धार्थलगायतका वाणिज्य बैँकको करबि ८० करोड रुपियाँको कर्जा प्रवाहमा स्टार होल्डिङ् प्रालिले पुतलीसडकमा निर्माण गरेको स्टार मल पनि समयमै उद्घाटन हुन सकेन। गत महिना नै सुरु भइसक्नुपर्ने यस भवनको औपचारकि उद्घाटनको मिति अझै तय गरएिको छैन। आगामी वैशाखदेखि सुरु गर्ने भनिए पनि मल्टिप्लेक्सलगायतका कामहरू अझै सकिएका छैनन्। चार महिनाअघिदेखि बुकिङ् खुला गरएि पनि अहिलेसम्म उक्त भवनका ६० प्रतिशत पसलहरू मात्र बुकिङ् भएको बताइन्छ। समयमै सुरु हुन नसक्दा बुकिङ् भइसकेका पसलका लगानीकर्ताहरूले चासो देखाउन थालेका छन्। तीन सयदेखि २ हजार ३ सय वर्गफिट क्षेत्रफलका करबि ५० स्टोर रहेको यस भवनको सम्पूर्ण रूपमा निर्माण सम्पन्न हुन अझै पाँच-छ महिना लाग्ने देखिन्छ। त्यसैगरी, पाँच वर्षअघि सञ्चालनमा आएको काठमाडौँको त्रिपुरेश्वरस्िथत युनाइटेड ट्रेड सेन्टरका १५ प्रतिशत सटरहरू अझै भाडामा गएका छैनन्। 

सुन्धारामा साढे दुई अर्ब रुपियाँमा निर्मित नौ तले सिभिल मल पनि समयभन्दा दुई वर्षपछि मात्र सञ्चालनमा आयो। ढिलो सञ्चालनमा आएका कारण पसलेहरूले हडताल नै गरे। त्यसका कारण करबि एक साता मल बन्द हुन पुगेको थियो। अहिले पनि मलका ६० प्रतिशत पसलहरू मात्र भाडामा गएका छन्। 

आकर्षण घट्दै गएपछि यस्ता भवनको निर्माणमा कर्जा प्रवाह गरेर सहयोगी भूमिका निर्वाह गरेका बैँकको लगानी जोखिममा पर्ने खतरा बढेको छ। यति हुँदाहँुदै पनि व्यापारकि भवन र मल खुल्ने क्रममा कुनै कमी देखिँदैन। पोहोरसम्म ४५ वटा ठूला व्यापारकि भवन सञ्चालनमा आइसकेका छन् भने अझै छवटा ठूला मल निर्माणका क्रममा छन्। एकपछि अर्को गर्दै यस्ता संरचनाहरू ठडिनुमा वित्तीय क्षेत्रले कर्जा प्रवाहमार्फत महत्त्वपूर्ण सहयोगीको भूमिका निर्वाह गरेको देखिन्छ। राष्ट्र बैँकले सार्वजनिक गरेको पछिल्लो तथ्र्याक अनुसार पुस मसान्तसम्ममा व्यापारकि भवन र अपार्टमेन्टजस्ता व्यापारकि भवनमा १६ अर्ब ७९ करोड र आम्दानी सिर्जना गर्ने व्यापारकि भवन शीर्षक अन्तर्गत साढे ५ अर्ब रुपियाँ कर्जा प्रवाह भएको छ। पूरै रयिलस्टेट क्षेत्रमा भने वाणिज्य बैँकहरूको पुससम्ममा ९९ अर्ब रुपियाँ र विकास बैँक तथा फाइनान्सहरूमार्फत करीब ३७ अर्ब लगानी भएको राष्ट्र बैंक स्रोत बताउँछ। यी संरचनामा बिमा कम्पनीहरूले पनि धमाधम कर्पोरेट अफिसलाई नै व्यापारकि प्रयोजनसमेत पूरा हुने किसिमले निर्माण गर्न थालेका छन्।


नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सीटी सेन्टर निर्माण गरेपछि त्यसलाई पछ्याउँदै अन्य बिमा कम्पनीहरूले पनि आफ्नो स्वामित्वमा रहेका जग्गामा धमाधम व्यापारकि भवन निर्माण गर्न थालेका छन्। आफ्नो कर्पोरेट कार्यालय पनि राख्न पाइने र बाँकी भाडामा दिने उद्देश्यका साथ एसियन, शिखर, सगरमाथा, पि्रमियरलगायतका बिमा कम्पनीहरूले समेत राजधानीमा आफ्नै व्यापारकि भवन निर्माण सुरु गरेका छन्। नेपाल बैँकर्स एसोसिएसन -एनबीए)का अध्यक्ष अशोक राणा भन्छन्, "पूरै रयिलस्टेट क्षेत्रमा लगाम लगाइएका बेला व्यापारकि भवनमा भएको लगानी पनि प्रभावित हुनु स्वाभाविक नै हो।" रयिलस्टेट कर्जा कुल कर्जाको २५ प्रतिशतभन्दा बढी हुन नहुने केन्द्रीय बैँकको पछिल्लो निर्देशनका कारण पनि यो क्षेत्र प्रभावित भएको राणा बताउँछन्।

वास्तविकता नबुझी अर्काको ठाडो नक्कल गरेर लगानी गर्ने प्रवृत्तिले पनि अनपेक्षित तवरमा यस्ता व्यापारकि भवनहरूको निर्माण भएको व्यवसायीहरू बताउँछन्। तर, मुलुकको अर्थव्यवस्था असहज बन्दै गएको र निजी क्षेत्रको आर्थिक गतिविधि पनि सुस्त देखिन थालेका कारण तिनमा प्रवाह भएको वित्तीय क्षेत्रको कर्जा जोखिममा पर्नुका साथै निर्माणकर्ताको लगानी नै डुब्ने हो कि भन्ने संशय पनि पैदा हुन थालेको छ। सिभिल मलका निर्माता तथा सिभिल समूहका अध्यक्ष इच्छाराज तामाङ भन्छन्, "लगानीका लागि अन्य क्षेत्रको पहिचान हुन नसक्दा यो क्षेत्रमा लगानी बढेको हो। तर, त्यसो भन्दैमा बिनायोजना र विश्लेषणबिना लगानी गर्नु मूर्खता हो।" 

व्यापारकि भवन निर्माणमा मात्र अहिले १५ अर्बभन्दा बढी लगानी भएको व्यवसायीहरू अनुमान गर्छन्। हाललाई प्रतिफलका हिसाबले अनुकूल नभए पनि बैँकको ब्याजदर र अन्य क्षेत्रमा लगानी सम्भव नभएका कारण व्यापारकि भवनको निर्माण भविष्यका लागि भने फाइदाजनक नै हुने व्यवसायीहरू बताउँछन्। तामाङ भन्छन्, "काठमाडाँैका गतिला ठाउँको जग्गाको भाउ वाषिर्क २०-२५ प्रतिशतले बढिरहेको हुँदा लगानी त्यति जोखिमपूर्ण नभए पनि आजको आजै प्रतिफल खोजेर बनाउनु भनेको त नजान्नेले गहिरो पोखरीमा हाम फाल्नुजस्तो हो।" भवन निर्माण सुरु गर्दा आठ प्रतिशत ब्याजदर रहेकामा तरलता अभाव र निक्षेपमा आएको कमीका कारण बैँकहरूको ब्याजदर १३ प्रतिशत पुग्नाले पनि लगानीकर्तालाई हतोत्साही बनाएको देखिन्छ। त्यसमाथि चर्को महँगीका कारण उपभोक्ताको किनमेलप्रति चासो घट्दै गएको संकेत देखिनुले खुलिसकेका व्यापारकि भवनहरूको चहलपहल पनि घट्दो छ। अर्कोतिर, प्रतिफलको स्पष्ट खाका नबनाई देखासिकीकै भरमा महँगा मल र व्यापारकि भवन निर्माणले पनि पूरै व्यवसायलाई धराशयी बनाउने सम्भावना रहेको व्यवसायीहरू बताउँछन्। कतिपय व्यवसायीहरू त यस्ता भवनहरू ५० प्रतिशत मात्र सफल भएको ठान्छन्। 

यसका पछाडि समग्र आर्थिक अवस्था र मजदुर विवाद मुख्य कारक रहेको केही व्यवसायीहरू दाबी गर्छन्। युनाइटेड वल्र्ड ट्रेड सेन्टरका प्रबन्ध निर्देशक शाकुन्तलाल हिराचन भन्छन्, "व्यापारकि भवन बन्नु आफँैमा राम्रो भए पनि स्पष्ट योजनाबिना निर्माण गरनिु प्रत्युत्पादक नै हुनजान्छ।" साथै, पूरै अर्थतन्त्रलाई आक्रान्त पारेको मजदुर समस्याबाट यस क्षेत्रमा समेत अवरोध बढ्दै गएका कारण पनि लगानी असुरक्षित बन्दै गएको हिराचनको ठहर छ। भन्छन्, "मल सञ्चालक पनि व्यवसायी नै भएको कुरातर्फ भने स्वयं पसलहरूले चासो देखाउने गरेका छैनन्, मात्र आफ्नो स्वार्थ हेर्ने गरएिको छ।" बेकारमा २९ करोड

राजधानीका व्यापारिक भवनहरूको अवस्था र सम्भाव्यता करिब पाँच वर्षअघि निर्माण सम्पन्न भएको ललितपुरको पुल्चोकस्िथत ललितपुर विशाल बजारलाई हेर्दा प्रस्ट हुन्छ। न्युरोडस्िथत विशाल बजार कम्पनीको ५१ प्रतिशत सेयर लगानीमा २९ करोड रुपियाँको लागतमा निर्माण सम्पन्न गरेको यस भवनमा २ सय ७ वटा पसलमध्ये सबै खाली छन्। सुनसान छ अहिले उक्त भवन। पाटन बहुमुखी क्याम्पसको जग्गालाई ३० वर्षका लागि भाडामा लिएर निर्माण गरिएको उक्त भवन उद्घाटन भएको पाँच वर्षसम्म पनि कुनै चहलपहल छैन। नचलेकै कारण पाँचतले भवनमा भाडामा लिइएका ४४ पसलहरू पनि बन्द भइसकेका छन्। अपेक्षा अनुसार व्यापार नभएकै कारण दुई वर्षअघि यस भवनको स्वामित्व नै फेरिएको छ। दायित्व ग्रहण गर्ने सर्तमा गुण सहकारीका राजेन्द्र शाक्य र क्वेस्ट इन्टरमेन्टलगायतको समूहले दुई वर्षअघि यो भवन किनेको छ। 

नयाँ समूहले स्वामित्व लिएलगत्तै विशालबजारको निर्माण संरचना हेरेफेर गर्ने बताइए पनि अहिलेसम्म त्यसमा कुनै प्रगति भएको छैन। ३.५ रोपनी जग्गामा निर्माण भएको उक्त भवनलाई नयाँ स्वरूप दिन जग्गाधनी पाटन क्याम्पस र ललितपुर उपमहानगरपालिकाको समेत स्वीकृति चाहिने हुँदा प्रक्रिया अघि बढ्न नसकेको कर्मचारीहरू बताउँछन्। साथै, बजारको यथार्थ आकलन नगरी हचुवाका भरमा निर्माण गरिएकाले पनि यो भवन चल्न नसकेको कर्मचारीहरू दाबी गर्छन्। एक कर्मचारी भन्छन्, "लगानीकर्ताले न्युरोड र पुल्चोकको फरक थाहा नपाउँदा नै यो भवन नचलेको हो।" स्रोत: ई-कान्तिपुर 

0 comments:

Post a Comment