Exclusive :–


Thursday, March 24, 2011

अभिषेकसँग रानीरानी मुखर्जी दुःखित भईन

मुम्बई, चैत्र १० - बलिउडका 'पावर कपल' अभिषेक बच्चन र ऐश्वर्या रायको विवाह भएको चार वर्ष भयो । त्यो भव्य समारोहको निम्तो नपाउने सेलिबि्रटीहरू कम थिएनन् । केहीले त्यति बेलै यसबारे गुनासो गरेका थिए । अभिनेत्री रानी मुखर्जीलाई पनि बच्चन परिवारले बोलाएको थिएन । त्यो कुरो उनको मनमा अझै बिझेको रहेछ । उनले भर्खर त्यसबारे सार्वजनिक टिप्पणी गरेकी छन् ।'कसैले आफ्नो विवाहमा नबोलाए हामीले त्यति बेला ऊसँगको सम्बन्ध कस्तो रहेछ भन्ने बुझ्नुपर्छ,' उनले भनिन् । त्यसबाट त्यो व्यक्तिले आफूहरूको सम्बन्धलाई कसरी हेर्छ भन्ने त्यहीँबाट पत्तो हुने बताइन् ।'उसलाई साथी हौं भन्ने भ्रम भएको हुन... 


सक्छ,' भर्खरै ३३ वर्ष टेकेकी बंगाली सुन्दरीले भनिन्, 'सायद अभिषेकले हामीबीचको मित्रता फिल्म सेटमा सहकर्मी हुनमा मात्र सीमित रहेको सोचेको हुन सक्छ ।' तर यसले केही फरक नपर्ने उनले उल्लेख गरिन् ।

व्यक्तिगत जीवनबारे सकेसम्म नबोल्ने रानी र अभिषेक 'बन्टी और बबली', 'कभी अलबिदा ना कहना' जस्ता फिल्ममा सँगै काम गरेपछि 'राम्रा साथी' बनेको आम विश्वास थियो । त्यो मित्रताले कहिलेकाहीँ रोमान्सको हावा पनि नचलाएको होइन । 'ब्ल्याक' कोस्टार तथा अभिषेकका पिता अमिताभ बच्चनसँग उनको राम्रो सम्बन्ध पनि थियो । तर पनि उनलाई विवाहमा निम्त्याइएको थिएन ।

यो वर्षको सफल चलचित्र 'नो वान किल्ड जेसिका' बाट ठूलो पर्दामा कमब्याक गरेकी रानी आजकल अभिनयका कारणभन्दा बढी विवाहको हल्लामा मुछिने गर्छिन् । निर्माता/निर्देशक आदित्य चोपडासँगको लामो रोमान्सलाई विवाहको रूप दिन नायिका तम्तयार रहेको बताइन्छ । आदित्यसँग इङ्गेजमेन्टमात्र नभई विवाह नै गरेको हल्ला चले पनि रानीले यसबारे प्रतिक्रिया भने दिएकी छैनन् । स्रोत: कान्तिपुर 

0 comments:

Post a Comment