Exclusive :–


Saturday, April 23, 2011

अभिनेत्रीहरुको बाहुल्यता नेपाली चलचित्रहरुमा बढ्दैछ

वर्ष २०६८ लाई एक अर्थमा हिरोइनहरुको वर्ष मान्न सकिन्छ । जुन वर्षमा स्वदेशी सिनेमा उद्योगमा अभिनेत्रीहरुको बाहुल्यता हुनेछ । अभिनेत्रीले निर्माण गरेका सिनेमाहरु लगालग यो वर्ष प्रदर्शनमा आउनेछन् । अभिनयबाट निर्माणमा लगानी गरेका हिरोइनका होमप्रोडक्सनका चलचित्रले वर्ष २०६८ लाई डोर्‍याउने कुरामा वितरकहरु आशावादी छन् । विगतका वर्षमा रेखा फिल्म्सको 'ट्रेडमार्क सिन्डिकेट'लाई अन्य हिरोइनले तोड्ने बताइन्छ । हिस्सी हिरोइन ऋचा घिमिरेको होमप्रोडक्सनका तीन सिनेमा चालु वर्ष रिलिज हुनेछन् । प्रतीक्षित 'वीरताको चिनो' वैशाख ३० मा सार्वजनिक हुँदैछ । ऋचाकै अर्को प्रोजेक्ट 'तुलसी' यतिबेला सम्पादनमा छ जुन केही महिनामा रिलिज... 


हुनेछ । ऋचाका अनुसार पछिल्लो भेन्चर 'व्रेकफेल' वर्षको अन्त्यमा रिलिज हुनेछ । एउटै हिरोइनका तीन सिनेमा चालु वर्षमा सार्वजनिक त हुनेछन् तरपनि ऋचा सामु खस्कँदो औद्योगिक मूल्य उकास्ने चुनौति पनि तेर्सिने छ ।

टाइटल शीर्षक 'साथी विना'लाई वर्षको मध्यमा ल्याउने तयारीमा छिन् झरना थापा । यी अभिनेत्री आफ्नो होमप्रोडक्सनको पछिल्लो प्रोजेक्ट नाम परिवर्तनसहित चाँडै रिलिज हुने बताउँछिन् । यो वर्ष घरेलु निर्माणका अन्य सिनेमालाई घोषणा गर्ने मुडमा छिन् झरना । अभिनेत्री रेजिना उप्रेतीले त वर्षको सुरुआतमै चलचित्र 'वरदान'मार्फत निर्माणमा हात हालिन् । रेजिनाको यो चलचित्र यसै वर्षमा रिलिज हुने तर्खरमा छ ।

आफूलाई 'गसिप गर्ल' भनेको सुन्न नरुचाउने हिरोइन रेखा थापाको होमप्रोडक्सनको चलचित्र 'अन्दाज' चाँडै रिलिज हुँदैछ । वितेको वर्ष रेखाका सिनेमाले सफलता हात पारेका थिए । चालु वर्षमा रेखालाई अन्य हिरोइनले सिनेमा निर्माण गरेर चुनौति दिएका छन् । हेरौं हिरोइनका सिनेमाले चालु वर्षलाई कसरी हाँक्छन् । 
स्रोत: मेरो सिनेमा 

0 comments:

Post a Comment