Exclusive :–


Monday, June 13, 2011

पर्यटन वर्ष २०११ मा एकलाख पर्यटक भित्र्याउने लक्ष्य

पर्यटन वर्ष २०११ मा एकलाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको चीनबाट पहिलो पाँच महिनामा १४ हजार ९ सय ७८ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।यो संख्या हवाई मार्गबाट आउने पर्यटकहरुको मात्र हो । यद्यपि अघिल्लो वर्ष सोही अवधिमा नेपाल भित्रेका पर्यटकहरु मध्ये उक्त संख्या ३३ प्रतिशतले बढी हो । हङकङमा आयोजित चारदिने 'इन्टरनेशनल ट्राभल एक्स्पो (आईटिइ)' मा सहभागी   नेपाल पर्यटन बोर्ड द्वारा सो कुराको जानकारी गराइएको हो ।'लक्ष्य भेट्टयाउन पाँच महिनाभित्रको तथ्यांक निकै थोरै हो,' बोर्डका सहायक प्रबन्धक नविन पोखरेलले भने, 'अगष्ट पछिका तीन महिना मुख्य पर्यटकीय सिजन भएकाले  संख्या हृवात्तै बढने...


अनुमान छ ।' पछिल्लो मे महिनामा भने चिनियाँ पर्यटक १ सय १ प्रतिशत सम्मले उत्साहजनक रुपमा बढेको थियो । तर पाँच महिनाको कुल बढोत्तरी भने गतवर्षका तुलनामा ३३ प्रतिशत मात्र हो ।

बाँकी रहेको सात महिनामा एकलाख चिनियँा पुर्‍याउन पछिल्लो वर्षका दाँजोमा १ सय ८० प्रतिशतसम्मका दरले पर्यटक संख्या बढनुपर्छ । २०१० मा हवाई र स्थल मार्ग दुबै गरी ४३ हजार १ सय १९ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यसमध्ये २५ हजार ५ सय ५९ हवाई मार्गबाट आउनेहरुको संख्या हो ।

'लक्ष्य अनुरुप पर्यटक भित्रयाउन तत्काल पर्यटन प्रर्वद्धनात्मक कार्यहरु थालिहाल्नुपर्छ,' बोर्डको समेत विभिन्न कमीकमजोरी रहेको स्वीकार्दै प्रबन्धक पोखरेलले भने, 'सिधा नाफा आर्जन गर्ने निजी क्षेत्रको उपस्थिती अझ उत्साहजनक भएका भए पर्यटन वर्षलाई राम्रो सघाउ पुग्ने थियो ।'

यसै महिना चीनको बेइजिङ, सांघाई, कुङमिङ र गोन्झाउमा निजी कम्पनीहरु सँगको सहकार्यमा प्रर्वद्धनात्मक कार्यक्रम तय भएपनि अन्तिम समयमा रद्द गरिएको उनले जनाए । २०११ को मे महिनाभित्र नेपाल भ्रमण गर्ने कुल पर्यटकहरुको संख्या २ लाख ८ हजार १ सय ३७ पुगेको छ । अहिलेसम्मको तथ्यांक विश्लेषण गर्दा दस लाखको लक्ष्य पुरा हुने निकै कम सम्भावना रहेको उनको दाबी थियो ।

'हाल उडान गरिरहेका विमान संख्या र सिट क्षमता अनुसार लक्ष्य पुरा हुने सम्भावना कम छ,' उनले भने, 'तर यस अवधिका भए गरेका कृयाकलापहरुले भने दिर्घकालिन पर्यटन विकासमा ठूलो टेवा पुग्नेछ ।' गतवर्ष विश्वभरबाट ६ लाख २ हजार ८ सय ५५ ले नेपाल भ्रमण गरेका थिए । 

नेपाल प्रर्वद्धनका लागि स्वयं पर्यटन बोर्ड नै सकृय रहेको हङकङमा आयोजित एक्स्पो एसियाकै प्रतिष्ठित मध्येको हो । ५६ मुलुक सहभागी २५ औं आईटिइमा चीन, भारत, भुटान, जापान लगायतका ४० मुलुकले आ-आफ्ना मुख्य पर्यटकीय आकर्षणलाई लक्षित गरी कलात्मक मण्डला तयार पारेका छन् । तर पर्यटन वर्ष मनाइरहेको नेपालको सजावट भने झारा टार्ने खालको मात्र देखिन्छ ।

नेपाली स्टलमा काठमाण्डौ, पोखरा, लुम्बिनी लगायत ठाउँका तस्बिर सामान्य ढंगले झुण्डयाइएका छन् । 'आकस्मिक निर्णय भएकाले सोचेजस्तो राम्रो गर्न सकिएन,' बोर्डका सहायक प्रबन्धक पोखरेलले भने । यद्यपि  हजारौं सहभागी मेलामा नेपालको उपस्थितीले मात्र पनि पर्यटन प्रर्वद्धनमा सघाउ पुग्ने उनको भनाई थियो ।

अवलोकनकर्ताहरुले बुद्धको जन्मथलो, हिमाल, ट्रेकिङ लगायतका बारेमा विभिन्न जिज्ञासा राखेको सहभागी स्थानीय फिसटेल ट्राभलका ध्रुब पाण्डेले बताए । हङकङ विश्वकै व्यापारिक केन्द्र भएकाले दिर्घकालिन पर्यटन प्रर्वद्धनका लागि यस्ता प्रर्वद्धनात्मक एक्स्पोहरुमा नियमित सहभागिता जनाउनु पर्ने हङकङस्थित महावाणिज्यदूतावासका वाणिज्यदूत किरण शाक्यको धारणा थियो ।स्रोत: कान्तिपुर 

0 comments:

Post a Comment