Exclusive :–


Tuesday, July 5, 2011

तीनदिने चिनियाँ फिल्म फेस्टिभल

फरक फिल्मको स्वाद चाख्न चाहनेका लागि खुसीको खबर । थाई फिल्म फेस्टिभल सकेको साता दिन नबित्दै राजधानीमा चिनियाँ फिल्महरू देखाइँदै छन् । चिनियाँ दूतावास र वल्र्ड कल्चरल नेटले मंगलबारदेखि तीनदिने चिनियाँ फिल्म फेस्टिभल गर्न लागेको हो ।महोत्सवको उद्घाटन दोस्रो विश्वयुद्ध सेरोफेरोको कथा बोकेको फिल्म 'द फाउन्डिङ अफ अ रिपब्लिक' बाट हुँदै छ । हान सानपिङ र हुआङ जिनसिनले निर्देशन गरेको फिल्ममा स्वाधीन र स्वतन्त्र चीन निर्माणका लागि चिनियाँ कम्युनिस्ट पार्टी र अरू राष्ट्रवादी शक्तिहरूका बीच भएको गठबन्धन र त्यसपछि कोमिन्ताङ पार्टीविरुद्ध गरिएको संघर्षको कथा समेटिएको छ... 


चीनमा सन् १९४९ को 'जनवादी क्रान्ति' सम्पन्न हुनुअघि नेपालमा जस्तै राष्ट्रवादी, प्रजातान्त्रिक र वामशक्तिको अल्पकालीन गठबन्धन भएको थियो ।

फिल्ममा कम्युनिस्ट नेता माओत्सेतुङ दोस्रो विश्वयुद्ध (जापानसँग) को समाप्तिसँगै 'सिभिल वार' अन्त्य गरेर चीनमा प्रजातन्त्र स्थापनाका लागि च्याङकाई सेक र कोमिन्ताङ पार्टीसँग वार्ता गर्न जान्छ र सम्झौता गर्छन् । सम्झौतापछि च्याङकाई सेकले आफूलाई प्रजातान्त्रिक चीनको अध्यक्ष घोषणा गर्छ, उता कम्युनिस्ट पार्टी र कोमिन्तासँग आन्तरिक संघर्ष जारी नै

रहन्छ । १९४५ मा भएको यो संघर्षले तीन वर्ष नपुग्दै १९४८ को मे महिनामा माओको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले 'वार अफ लिबरेसन' (स्वतन्त्रताको लडाइँ) घोषणा गर्छ र त्यसको एक वर्षपछि नै चीनमा 'जनवादी गणतन्त्र' स्थापना हुन्छ ।

ताङ गाओकिङ, झाङ गुओली, झु किङ, लिउ जिनलगायतका चर्चित चिनियाँ कलाकारको अभिनय रहेको 'द फाउन्डिङ अफ अ रिपब्लिक' मा चीनको यही ऐतिहासिक कालखण्डलाई उतारिएको छ । हिस्ट्री जेनेरेको भए पनि फिल्म २००९ मा रिलिज भएको हो, अहिलेका चिनियाँ चल्ती कलाकारको अभिनय फिल्ममा हेर्न सकिनेछ । ताङ गाओकिङले माओको भूमिकामा, झाङ गुओलीले च्याङकाइसेकको भूमिकामा र झु किङले कोमिन्ताङ पार्टीका सन यात्सेनकी पत्नीको भूमिका अभिनय गरेकी छन् ।  

कुमारी हलमा आयोजित फेस्टिभलको दोस्रो दिन पेन जिहाङ र पेन चेन निर्देशित 'वाकिङ टु स्कुल' देखाइने बताइको छ, फिल्ममा हुनान प्रान्तको एक अल्पसंख्यक समुदायको सातवर्षे बच्चा स्कुल जान खोज्दा भएको घटना समेटिएको छ । बालमनोविज्ञान समेटिएको फिल्ममा दिदी र दिदीकी साथी सधंै नदीमाथि तुइन तरेर स्कुल गएको देखेको सातवर्षे वावाको दिमागमा स्कुल कस्तो होला भन्ने नाचिरहेको हुन्छ । एक दिन कस्ौलाई थाहा नदिई नदीमाथिको तुइनबाट स्कुल हेर्न गएका वावाले स्कुल त देख्छ, तर दुर्भाग्यवश तुइनबाट खसेर उनको मृत्यु हुन्छ ।

महोत्सवअन्तर्गत चेन देमिङको 'द डि्रम अफ जिन्सा', टड्डी चेनको 'बडिगार्ड एन्ड एसासिन्स' र झाङ सुको 'आपmटर सक' देखाइने बताइएको छ । १९७६ जुलाई २८ मा उत्तरी चीनमा गएको विनाशकारी भूकम्पपछिको अवस्थालाई मानवीकरण गरिएको फिल्म 'आफ्टर सक' ले एसिया प्रशान्त चलचित्र महोत्सवमा उत्कृष्ट चलचित्रको अवार्डसमेत चुमिसकेको छ । स्रोत:कान्तिपुर 

0 comments:

Post a Comment