Exclusive :–


Tuesday, July 19, 2011

दर्शकहरुले घरमै बसेर सम्झिदिए पछि...

गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र 'सम्झिदिए पुग्छ' लाई दर्शकहरूले घरमै बसेर सम्झिदिएका छन् । अर्थात चलचित्रले आशा लाग्दो व्यापार गर्न सकेन । चलचित्रको व्यापार राम्रो नभएपछि पुन: चलचित्र निर्माताहरूमा निराशाको कालो बादल छाएको छ ।चलचित्र सम्झिदिए पुग्छलाई पनि मात खुवाउने गरेर यस बर्ष केहि चलचित्रले पानी पनि नमागेको सत्य हामी सँग छ नै । तर अहिलेको नयाँ आर्थिक बर्षको शुरूवातमा प्रदर्शन भएको चलचित्र 'सम्झिदिए पुग्छ' ले दर्शकलाई हलसम्म तान्न सकेन । यो चलचित्र साउने भेलसँगै बगेर गएको चलचित्रका बितरक सुनिल मानन्धर बताउँछन् । उनका अनुसार ४ दिनको व्यापार...


करिब आठ लाख रहेको छ । एक दर्जन भन्दा बढि हलमा प्रदर्शन भएको सो चलचित्रले आठ लाख कलेक्सन गर्नु खासै राम्रो नभएको सुनिल बताउँछन् ।

चलचित्रले सोचे अनुरूपको व्यापार गर्न नसकेपछि अहिले निर्माता सुरज प्रधान सम्पर्क बाहिर छन् । सुनिल मानन्धर भन्छन्, 'चलचित्र रिलिज भएदेखि निर्माताको अत्तोपत्तो नै छैन ।' यसरी निर्माता नै फरार भएपछि सञ्चारकर्मीहरू पनि उनी प्रति आक्रोशित भएका छन् । यता सञ्चारकर्मी निर्मातासँग क्रुद्व भएका छन् भने नायक राजबल्लभ कोईरालाई अर्को नराम्रो झट्का लागेको छ । राम्रो अभिनेताको रूपमा चिनिएका राजको यो चलचित्र पनि असफल भईंदिदा उनको लिस्टमा अर्को असफल चलचित्रको नाम दर्ता भएको छ ।

एक महिना २८ दिनमा काम सकेर प्रदर्शन गर्न लागिएको सो चलचित्र खासै नराम्रो भएपनि दर्शकहरू भने हलसम्म पनि पुगेनन् । छोटो समयमा निर्माण गरिएको र प्रचार प्रसारको अभावले गर्दा दर्शकहरू हलसम्म नपुगेको चलचित्रकर्मीको अनुमान छ । जेष्ठ २ गते छायाँकन शुरू गरेर असार ३१ गते रिलिज हुन लागेको चलचित्र 'सम्झिदिए पुग्छ' सम्भवत: सबैभन्दा छोटो समयमा निर्माण गरेर प्रदर्शन गर्न लागिएको चलचित्र हो । सुरज प्रधानले निर्माण गरेको चलचित्र 'सम्झिदिए पुग्छ' लाई जनक खकुरेलले निर्देशन गरेका हुन् । निर्देशक खुकुरेलको डेब्यू चलचित्र 'सम्झिदिए पुग्छ' मा राजबल्लभ कोईराला, युना उप्रेती, दिनेश थापा, करन क्रेजीको मुख्य भुमिका रहेको छ ।

0 comments:

Post a Comment