Exclusive :–


Tuesday, August 9, 2011

चलचित्रकर्मीहरु सामाजिक सञ्जाल फेसबुकको माधयमबाट भोट माग्दै

सिजी डिजीटल फिल्म अवार्ड २०६८ मा एसएम एस भोटिङको माध्यमबाट उत्कृष्ट दर्शक छनौट अवार्ड समेत प्रदान गरिने भएको छ । २२ गते सार्वजनिक गरिएको मनोनय सुचीमा नै मनोनितहरुका लागी एसएमएस गर्नै तरिका समेत उल्लेख गरिएको थियो । आम जनताको मत जान्नका एसएमएस भोटिङ सुरु गरिएको आयोजकले जनाए पनि मनोनयनमा परेकाहरु भने भोट माग्नमा ब्यस्त देखिएका छन् ।धेरै जसो चलचित्रकर्मीहरु आफैले भोट हाल्ने गरेको पाइएको छ भने कतिले अभियानका रुपमा नै भोट माग्न थालेका छन् । केही चलचित्रकर्मीहरुले त सामाजिक सञ्जाल फेसबुकको माधयमबाट आफुलाई भोट गरिदिन आग्रह समेत... 


गरेका छन् । फेसबुकमा रहेका आफ्ना साथिहरुसँग उनिहरुले मागेको सहयोगमा प्रतिक्रिया दिदै साथिहरुले भोट गरी सहयोग गर्ने बचन दिएका छन् ।

चलचित्रको पोस्टर र गीत देखि सुटिङ रिपोर्ट समेत फेसबुकबाट सार्वजनिक गर्ने गरेका चलचित्रकर्मीहरुले फेसबुककै सहायतामा अवार्ड पाउनका लागी भोट मागिरहेका छन् । कतिपय चलचित्रकर्मीहरु खासगरी कलाकारहरुको फेसबुक वाल यतिबेला बधाईका शब्दहरुले भरिएको छ । त्यसो त केही चलचित्रकर्मीहरुले आफ्नो मात्र नभएर आफ्ना प्रतिस्पर्धीहरुको कोड समेत फेसबुकमा राखेर भोट मागी रहेका छन् ।

छायाँछबि मासिकको आयोजनामा सम्पन्न हुन गइरहेको सिजि डिजिटल अवार्डमा चलचित्रकर्मी अहिले आफैले भोट हाल्न र भोट माग्न ब्यस्त भएका छन् । चलचित्रकर्मीहरुले फेसबुक मात्र कहाँ हो र उनिहरुले चिया पसल देखी बाटोमा भेटिने साथीहरूलाई समेत भोट गरिदिनु भन्न भ्याएका छन् । तर अधिकांश चलचित्रकर्मीहरुको फेसबुक छैन । फेसबुक नहुनेले के गर्ने त ? धन्दा नमान्नुहोस् फिल्मीखबर डटकममा मनोनयनसँगै तपाईं चलचित्रकर्मीहरूको एसएमएस कोड पनि राखिएको छ । त्यसैले यसको सहारा लिएर भाद्र २० गते सम्म एसएमएस गर्न आग्रह गर्न सक्नुहुनेछ ।

0 comments:

Post a Comment